ट्रेंडिंग:

>> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

जग्गामा महिला स्वामित्व बढ्दै

४ श्रावण २०८१, शुक्रबार
४ श्रावण २०८१, शुक्रबार

चन्द्रौटा (कपिलवस्तु), ३ साउन ।
पछिल्लो समय महिलाको नाममा जग्गा लिनेको संख्यामा बृद्धि भएको छ । विगतभन्दा आर्थिक बर्ष २०८०/०८१ मा ४ सय ६७ जनाको संख्याले बृद्धि भएको मालपोत कार्यालय चन्द्रौटा कपिलवस्तुले जनाएको छ । आर्थिक बर्ष २०७९/०८० मा १ हजार ७ सय १८ जना महिलाले सेवा लिएका थिए ।

गत आर्थिक बर्षमा २ हजार १ सय ८५ जना महिलाले आफ्नो नाममा जग्गा लिइ सेवा लिँदा संख्यामा वृद्धि भएको हो । पुरुषसहित जम्मा गरी गत आर्थिक बर्ष ५ हजार १ सय ३२ जना सेवाग्राहीले उक्त कार्यालयबाट सेवा लिएको मालपोत अधिकृत लक्ष्मण प्रसाद चालिसेले जानकारी दिए । जग्गा छोराहरूको नाममा अंशबन्डा गर्न मालपोत कार्यालय आएकी सफिरुन निशाले पहिले पुरुषका नाममा मात्रै लालपूर्जा राख्ने गरको बताउँछिन् । उनले केही समय यता समाजमा परिवर्तन आएपनि नकारात्मक सोँचाइले अझै समुदायमा जरा गाडेको बताइन् । पुरुषको भन्दा महिलाको नाममा जग्गा भएपछि सरकारबाट छुट लगायतले प्रोत्साहन हुँदा महिलाको संख्यामा वृद्धि भएको निशाको भनाइ छ ।

महिलाको नाममा जग्गा लिनेसँगै गत आर्थिक बर्ष २०८०/०८१ म रजिस्टे«शन र लाभकर लगायतको र्शीषकमा १३ करोड ९० हजार ३ सय ७० रूपैया राजस्व संकलन भएको छ । जग्गा खरिद बिक्री, नामसारी, रोक्का लगायतका कारोबार गर्ने सेवाग्राही मार्फत राजस्व संकलन गरको मालपोत कार्यालयले जनाएको छ । जसमा भएका जम्मा पारित लिखित संख्या ७ हजार १२ रहेको छ । यस्तै पुरुष २ हजार ९ सय ४७ र महिला २ हजार १ सय ८५ रहेका छन् । उनीहरूबाट रजिस्टे«शन, मोठ, मुद्दा, श्रेष्ठ र लाभकर लगायतको शीर्षकमा राजस्व संकलन भएको हो ।

जुन आर्थिक बर्ष २०७९/०८० को राजस्व भन्दा २ करोड ३३ लाख ३४ हजार ५ सय ६४ रूपैयाँले बढी संकलन भएको मालपोत कार्यालयको बार्षिक प्रतिबेदनमा उल्लेख छ । कोभिड पछि देशभर आर्थिक मन्दीले नागरिक थलिएको जग्गाको कारोबार गति केहि बढेको अधिकृत चालिसेले बताए ।

पछिल्लो समय कार्यालयको बदनाम गर्ने नियतले किर्ते कागजात बनाई जालसाजी गर्ने, सोझासाझा नागरिकलाई फसाउने सक्रिय गिरोहबाट सेवाग्राही सजग रहन उनले आग्रह समेत गर । प्रमुख चालिसेले भनेः “आर्थिक अवस्थाले थलिएका कारण जग्गाको कारोबारमा मन्दी आएको थियो तर अहिले, केही समय यता जग्गा किनबेच गर्नेहरू संख्यमा बृद्धि भएको छ ।” चालिसेले थपेः गैरकानुनी, गतिविधिमा संग्लन, अपराधिक गतिविधिलाई निरुत्साहित गर्न स्थानीय प्रहरी, प्रशासन लगायत सम्बन्धित निकायसँग समन्वय गरी सेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिइएको छ ।

यस्तै नामसारी गर्न मालपोत आएका सेवाग्राही गोविन्द थारुले विगतमा आउँदा बिचौलिया लगायतको समस्याले हैरानी भइन्त्यो अब भने त्यो समस्या हटेको बताए । कार्यालयको प्रशंसा गर्दै गुठी कर न्यून गराउन सके आमनागरिकलाई प्रभावकारी सेवा प्रवाह बनाउन टेवा पुग्ने उनले जनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?