ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

घोराहीमा ३४ करोड बढी राजश्व संकलन

३ श्रावण २०८१, बिहीबार
३ श्रावण २०८१, बिहीबार

दाङ, ३ साउन ।

घोराही उप महानगरपालिकाले गत आर्थिक बर्ष २०८०÷०८१ मा ३४ करोड बढी राजश्व संकलन गरेको छ । एक बर्षमा ३६ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको उप महानगरपालिकाले ३४ करोड ६८ करोड मात्र राजश्व संकलन गरेको हो ।

व्यवसाय कर, घरबहाल कर,मालपोत तथा सम्पत्ती कर लगायत १९ वडा सहित २० वटै राजश्व काउन्टरबाट लक्ष्य भन्दा बढि १९ करोड ८३ लाख राजश्व संकलन भएपनि मालपोतबाट प्राप्त हुने घरजग्गा रजिष्टेशनबाट १६ करोड ५० लाख उठाउने लक्ष्य राखेकोमा १४ करोड ८५ मात्र प्राप्त भएकाले लक्ष्य अनुसारको राजश्व संकलन हुन नसकेको बजेट तथा राजश्व शाखा प्रमुख कृष्ण केसीले जानकारी दिए ।

राजश्व संकलनमा कार्यरत कर्मचारीहरुको क्षमता विकास तथा आर्थिक ऐनको वारेमा जानकारी दिन बिहीबार घोराही एक कार्यक्रमको आयोजना गरिएको हो । सवै भन्दा बढि नगरको राजश्व काउन्टरबाट ८ करोड ४१ लाख ६४ हजार तीन सय चार रुपैया ९१ पैसा, वडा नम्वर १५ बाट ३ करोड ४१ लाख ७८ हजार दुई सय ७८ पैसा र सवै भन्दा कम १९ नम्वर वडाबाट २ लाख १५ हजार ८७ रुपैया ३९ पैसा राजश्व संकलन भएको जानकारी दिइएको थियो ।

कार्यक्रममा राजश्व शाखा प्रमुख कृष्ण केसीले नगरपालिकाको आन्तरिक आयबृद्धिका लागि यस आर्थिक बर्षमा करको दायर तथा राजश्वको दरमा परिमार्जन गरिएको जानकारी दिनुभयो । गत आ.व.२०७४÷०७५ पछि नगरपालिकाले मालपोत,सम्पत्ती तथा व्यवसाय करमा बृद्धि नगरेको घोराहीका उपप्रमुख हुमा कुमारी डिसीले बताइन् ।

जिल्लाका अन्य पालिकाको करको दर भन्दा बढि नहुने गरी दररेटमा परिमार्जन गरिएको जानकारी दिइन् । उनले घर निर्माण गर्दा नक्सापास अनिवार्य गरिएको भएपनि कतिपयले नक्सापास विनै घर निर्माण गरिरहेकाले त्यस्ता घर अभिलेखीकरणका लागि छ गुणा बढि राजश्व लिने व्यवस्था गरिएको बताइन । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत ऋषीराम केसीले नगरपालिकालाई आर्थिक रुपमा सशक्त बनाउन आन्तरिक श्रोत प्रमुख रहेकाले सवैलाई करको दायरामा ल्याउन कर्मचारीहरुलाई निर्देशन दिए ।

चालु आ.व.देखि सडक बक्तीको महशुल नगरपालिकाले नलिने भन्दै उनले बिद्युत प्राधिकरणको समन्वयमा सम्वन्धित टोलले सडक व्यक्तिको व्यवस्थापन गर्ने बताए । कार्यक्रममा राजश्व शाखाका अधिकृत छैटौ कुमार खड्काले राजश्व संकलनको बर्तमान अवस्था र आगामी योजनाका वारेमा जानकारी गराएका थिए । उनले मालपोत,सम्पत्ती तथा व्यवसाय कर असोज सम्म बुझाउनेलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको र पौष मसान्त सम्म गत बर्षको मालपोत,व्यवसाय तथा सम्पत्ती करमा जरिवाना छुट दिइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?