© २०२३
बुटवल, ३ साउन । नेपाल अटोमेकानिक्स ट्रेड युनियन (नाटु) को २७ औ स्थापना दिवसमा रक्तदान सहित विविध सामाजिक कार्यक्रम गरि मनाएको छ । ब्यवसायिक हकहितसंगै वर्षेनी सामाजिक उत्तरदायित्व अन्तरगत नाटुले विहिबार नेपाल रेडक्रस सोसाईटी रक्तसंचार सेवा केन्द्रमा रक्तदान गरेको हो ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री, युनियनका अध्यक्ष गणेश प्रसाद भट्टराईले रक्तदातालाई ब्लड ब्याग हस्तान्तर गरि शुभारम्भ गरे ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदानबारे सचेतनाको कारण रक्तदान कार्यक्रम बढेपनि रगतको ग्रुप अभाव रहेको बताए । आकस्मिक दुर्घटना, डायलोसिसका बिरामीहरुमा रगतको बढि माग हुने उनले बताए । ए, बि र एबि रगत ग्रुपको माग सबैभन्दा धेरै माग हुने गरेको उनले बताए । बिरामीहरुको चाप बढि हुदा रगत सधै अभाव देखिने उनले बताए ।
कार्यक्रममा युनियनका अध्यक्ष भट्टराईले स्थापना दिवसको अवसरमा सरसफाई कार्यक्रम, अटोमेकानिक्सहरुको समस्या उठान र समाधानबारे छलफल, लुम्बिनी अपाङ दृष्टिविहिन अनाथ आश्रमलाई भोजन खुवाउने तथा साउन ४ गते साझ दिपप्रज्वलन, शुभकामना कार्यक्रम गरेर मनाईने बताए ।
कार्यक्रममा सचिव तिलक पाण्डेले मजदुरको हकहितसंगै विगत लामोसमयदेखी रक्तदानको कार्यक्रमलाई निरन्तरता दिएको बताए ।
नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ८० युनिट रगत संकलन भएको संयोजक कृष्ण घिमिरेले बताए ।