© २०२३
बुटवल (बुटवल टुडे), २ साउन ।
रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ९ भलुहिमा रहेको देवदह मेडिकल कलेजमा स्वास्थ्य बिमा पुनः सुरुवात भएको छ । साउन १ गते बाट पहिला २ बर्ष सम्म चलेको बीमा कार्यक्रम पुनः सुरुवात भएको हो । केही समय विचमा बन्द भएको कार्यक्रम सुरुवात भएको कलेजका अध्यक्ष गोपाल बहादुर पोखरेलले जानकारी दिए ।
वि.सं. २०६२ सालमा स्थापना भएको कलेजमा अहिले एम्बीविएस सहितका अध्यापन हुँदै आएको छ । ओपीडी टिकट निःशुल्क गर्दै आएको कलेजमा गर्भवती महिलाको लागि मात्रै ५ सयमा भिडियो एक्सरे (युसीजी) गर्दै आएको छ । यस्तै होलवडी चेकअपमा मात्रै २ हजारमा गर्दै आएको जानकारी दिँदै कलेजका अध्यक्ष पोखरेलले गत आर्थिक बर्षमा समाजिक उत्तरदायित्व अन्र्तगत १३० स्थानमा ३० हजार ७ सय ६० जनाको निःशुल्क स्वाथ्य शिविर आयोजना गरिएको जानकारी दिए ।
जसमा निःशुल्क रुपमा औषधी सहित उपचार समेत गरिएको जानकारी दिए । आगामी दिनमा थप १ सय ५० स्थानमा स्वाथ्य शिविर आयोजना गरिने र ३५ हजार भन्दा बढिलाई निःशुल्क स्वाथ्य शिवरबाट सेवा प्रवाह गर्ने लक्ष्य लिइएको जानकारी दिए । स्वाथ्य बीमा बाट १ लाख रुपैयाँ सम्मको उपचार हुने भएको कारण सबैले बीमा गर्नको लागि समेत अध्यक्ष पोखरेलले आग्रह गरे ।
स्वास्थ्य बीमा गरेका जो कोहीले पनि नजिकै रहेको सरकारी स्वाथ्य संस्थामा गएर त्यहाँबाट रिफरको टिकट लिएर मेडिकल कलेज आउनुपर्ने व्यवस्था गरेको छ । नीजी क्षेत्रको स्वाथ्य संस्थामा स्वाथ्य बिमा लागू गरिएको भएपनि सरकारीबाट रिफरको रुपमा आउनुपर्ने प्रावधान नेपाल सरकारले बनाएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी