ट्रेंडिंग:

>> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन

अपाङ्ता भएका नागरिकलाई घरमै नागरिकता

३ श्रावण २०८१, बिहीबार
३ श्रावण २०८१, बिहीबार

गुल्मी
गुल्मीमा अपाङ्ता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ । जण्डीसका कारण अपाङ्ता भएका धुर्कोट गाउँपालिका–१ अन्तर्गत नयाँगाउँ निवासी १७ वर्षीय अन्मुल घर्तीलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्र्रसाद शर्माले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन ।
जिल्लामा अशक्त र अपाङ्ता भएका व्यक्तिहरूलाई घरमै पुगेर सेवा प्रवाह गर्ने अभियान अन्तर्गत घर्तीलाई पनि घरमै पुगेर सेवा प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । ‘हामीले हरेक पालिकाहरूमा पुग्दा त्यहाँका जनप्रतिनिधिहरूलाई त्यस्ता प्रकारका अशक्त र अपाङ्ता भएका व्यक्ति भएमा जानकारी गराउनु होला, हामी घरमै आएर सेवा प्रवाह गर्छौ भनेका छौ,” प्रजिअ शर्माले भने ।
अपाङ्ता र अशक्त भएका व्यक्तिलाई नागरिकता लिनका लागि जिल्ला प्रशासन कार्यालयसम्म आउन समस्या हुने र आर्थिक भार समेत थपिने भएकोले उनीहरूलाई कार्यालयबाट कर्मचारीहरू घरमै पुगेर नागरिकता प्रदान गरिने ब्यवस्था मिलाईएको प्रजिअ शर्माले बताए ।
अन्मुलका बुबाले छोराको समस्याको बारेमा जिल्ला प्रशासन कार्यालयमा आएर गुनासो पोखेपछि प्रमुख जिल्ला अधिकारी शर्माले घरमै पुगेर नागरिकता दिने प्रतिबद्धता जनाए । आफूले गुनासो राखेपछि मंगलबार घरमै आएर छोरालाई बिस्तारामै नागरिकता दिँदा आफूहरू निकै खुसी बनेको अन्मुलका बुबा ध्रुब घर्तीले बताए ।
“यत्ति कामका लागि यो छोरालाई तम्घास लैजान ल्याउन कति समस्या हुन्थ्यो, अहिले घरमै आउनु भयो, नागरिकता दिनु भयो, हामीलाई त भगबान आएजस्तै भयो,” भावुक स्वरमा घर्तीले सुनाए ।
जन्मदा सबल जन्मिएका अन्मुल जन्मेको चार दिनपछि जण्डिसका कारण अपाङ्ता हुनुपरेको बताईएको छ । अपाङ्ता भएपछि अन्मुल १७ वर्षदेखि बिस्तारामै छन । उनी बोल्न र केही गर्न सक्दैनन् । उनको हेरचार र स्याहार सुसारका लागि परिवारलाई नियमित रूपमा खटिरहनु पर्ने बाध्यता छ । धुर्बका तीन सन्तानहरू मध्य उनी माईलो सन्तान हुन । बृद्ध हुनलागेका बाबुआमा यतिबेला त्यही छोरालाई हेर्दैै आफ्नो जीवन कटाई रहेका छन । जिल्ला प्रशासन कार्यालयले यस अघि पनि जिल्लाको रेसुङ्गा, मुसिकोट, ईस्मा लगायतका पालिकाहरूमा पुगेर यस्तै प्रकारको सेवा प्रदान गरेको थियो । प्रशासनले जिल्लामा विपद् प्रभावितलाई परिवारहरूलाई पनि घरमै पुगेर राहत उपलब्ध गराउने व्यवस्था मिलाएको प्रजिअ शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?