© २०२३
बुटवल, १ साउन । नेपाल रेडक्रस सोसाइटी मणिमुकुन्द्र शाखाको सातौँ जुनियर युवा गोष्ठी सम्पन्न भएको छ । एक समारोहका बिच जिल्ला रेडक्रस रुपन्देहीका सदस्य तथा युवा रेडक्रस उपसमितिका संयोजक टेक बहादुर थापाले गोष्ठीको सोमबार उद्घाटन गर्दै रेडक्रस र विपतमा यसको कामको बारेमा प्रकाश पारे । युवा उमेरका विद्यार्थीहरुलाई अनुशासनमा रहेर जिम्मेवारीप्रति सजग बनाउन र नेतृत्व लिने क्षमताको विकास संस्थागत रुपमा हुने समेत उनले बताए ।
कार्यक्रममा अध्यक्षद्धारा प्रस्तुत प्रतिवेदनमाथि छलफल गरिएको थियो । मोतिपुर माध्यमिक विद्यालयमा भएको कार्यक्रममा उपशाखाका सचिव विजरत्न शाक्यले विद्यालयस्तरमा गठन गरिने रेडक्रस सर्कल सिकाईको एउटा महत्वपूर्ण पाटो भएको बताए । गोष्ठीहरुमार्फत भेला भएर वर्षभरि गरिएका कार्यक्रम सम्पादनको समिक्षा र नया योजनाहरु बुन्न सहज हुने उनले बताए ।
कार्यक्रममा मोतीपुर माविमा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ओम वहादुर घिमिरे, प्रधानाध्यापक लक्ष्मण मरासिनी, उपशाखाका सभापति सुख बहादुर नेपाली, विद्यालयका सहायक प्रधानाध्यापक गणेश राना, नरेन्द्र कुमार शर्मा, मोतीपुर मा.वि. शिक्षक सहनायक लिलादेवी वि.क.ले रेडक्रसको दायरालाई थप फराकिलो बनाउदै लैजानुपर्ने सुझाव दिए । कार्यक्रममा रेडक्रसको आजीवन सदस्यता प्रमाण–पत्र तथा सहभागिता प्रमाण–पत्र विवरण प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम, नृत्य, कविता वाचन लगायत प्रस्तुत गरेको विद्यालयका शिक्षक जयराम ढकालले बताए । कार्यक्रममा उपशाखा अन्तर्गत १० ओटा विद्यालयको सहभागितामा रहेको थियो । विश्व रेडक्रस अभियानमा सहभागी हुने उदेश्यका साथ विश्व रेडक्रसको स्थापना झण्डै एक सय वर्ष नेपालमा २०२० साल भदौ १९ गते भएको थियो ।