© २०२३
बुटवल, १ साउन ।
दुबै मृगौलाले काम गर्न छाडेपछि गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर १ हुँगा गुल्मीका विष्णु न्यौपानले रुपन्देहीमा कोठा भाडामा लिएर डाईलाइसीस गराउन बाध्य भएका छन् । आर्थिक अवस्था कमजोर भएको कारण उपचार गर्नको लागि आर्थिक अभाव समेत झेल्दै आएका न्यौपानले अहिले तिलोत्तमा नगरपालिका ड्राईभर टोलमा कोठा भाडामा लिएर हप्ताको दुई पटक डाईलाईसीस गराउँदै आएका हुन ।
मणिग्राममा रहेका क्रिमसन अस्पतालमा डाईलाईससी गराउँदै आएका उनले थप उपचारको लागि आर्थिक अभाव भएको भन्दै सहयोगको यचना समेत गरेका छन् । उनको अवस्थाको विषयमा गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर १ हुँगाका अध्यक्ष घनश्याम न्यौपानले समेत आर्थिक अवस्थाको कारण उपचारमा समस्या भएको भन्दै सहयोगको लागि अपिल समेत सहितको सिफारिस गरेका छन् ।
पिडीत न्यौपानेका भाई रुपन्देहीको सैनामैना निवासी सागर न्यौपानेले दाजुको आर्थिक अवस्था न्युन भएको कारण सबैबाट सहयोग याचना गरिएको जनाएका छन् । पिडीत न्यौपानेलाई सहयोग गर्नको लागि भाई सागर न्यौपानको फोन नम्बर ९८६२४२०३९१, विष्णु न्यौपाने ९७६५३९२३२६, पवित्रा न्यौपाने ९८६७७२६४७७ मा सम्पर्क गरेर सहयोग गर्न सकिन्छ । साथै विष्णु न्यौपानको ग्लोबल आईएमई बैंको खाता नम्बर २४६०७०१००३८६९६ मा सहयोग गर्न सकिने छ ।