ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

हाटबजार ब्यवसायीको ‘सशक्त’

१ श्रावण २०८१, मंगलवार
१ श्रावण २०८१, मंगलवार

बुटवल, १ असार । हाट बजारमा पसलबाट जिविका चलाएका कृष्ण चौहान क्षेत्रीको पहिचान फेरिएको छ । धेरै मेहनत र लगनकै कारण अहिले उनी रगत र सहकारीका अभियान्ताका रूपमा चिनिन्छन । १६ वर्षको अवधिमा उनले आफनोमात्र नभई आफूजस्तै धेरै हाटबजार ब्यवसायीहरूको आर्थिक र सामाजिक रूपान्तरण गर्न सफल भए । महँगो ब्याजमा सापटी लिएर बजार थाप्ने र सधै घाटाको ब्यापार गर्नेहरूलाई सहकारीबारे ज्ञान दिए ।
ब्यवसायीलाई एकतावद्ध गरि सहकारीमार्फत अघि बढ्ने सोच विकास गराए । नाम जुराए ‘सशक्त’, सशक्त बचत तथा ऋण सहकारी संस्था लिमिटेड । सहकारीमा शुरुवातमा सदस्यहरूबाट एक सय रूपैयाको दरले रकम जम्मा गर्न थालियो । हाटबजार ब्यवसायीहरू थोरैथोरै रकम जम्मा गर्दै सहकारीमा भएको रकम फेरि शेयर सदस्यहरू आआफनो ब्यवसायीमा ऋण लगानी गर्न थाले । १६ वर्षसम्म आई पुग्दा अहिले शेयर सदस्यहरूको जिवनशैलीमा परिवर्तन आएको छ । ‘सहकारीमा सुशासन : प्रविधि र एकीकरण’ नारालाई सार्थक बनाउने गरि काम गरेका छौ । अध्यक्ष चौहान क्षेत्रीले भने । ससाना पुजी लगाउने र स्वरोजगार बनाउने गरि सहकारी सफल भएको उनले दाबी गरे । बैकसम्म पहुँच नभएका ब्यवसायीहरूलाई आफूहरूले सहकारीमा आवद्ध गराएर सहकारी सिद्धान्त अक्षरस पालना गरि अहिलेको अवस्थामा आईपुगेको उनले बताए । शेयर सदस्यहरूलाई सहकारी र वित्तिय साक्षरतामा विशेष जोड दिने गरेको उनले बताए ।
सहकारीका सचिव ईश्वरी प्रसाद पोखरेल कुनै बेला हाटबजारमा कपडा पसल राख्थे । हप्ताभरि नै ठाउठाउमा लाग्ने हाटमा पुगेर ब्यवसाय गर्ने उनको दैनिकी बनेको थियो । सशक्तका स्थापना गरेर सहकारीको नीतिनियम र परिधिमा रहनेमात्र नभई यसैमार्फत आफनो ब्यवसायलाई बढाउन मद्यत मिलेको बताउछन । हाट बजार ब्यवसायी संघको समेत पूर्वसचिव समेत रहेको उनी अहिले स्थायी रूपमा फैन्सी पसल चलाएका छन । हाटबजार हँुदै उनि अहिले बेल्बासमा मालारानी फेन्सी हाउस चलाउन सफल भएका छन । वर्षाको समयमा हाट बस्दाको पिडा उनि अहिले पनि सम्झन्छन । दैनिक, साप्ताहिक र मासिक बचतसंगै ऋण लगानी गरेर शेयर सदस्यको आर्थिक सबलिकरणमा जोड दिदैआएको उनले बताए ।
हाट बजार ब्यवसायी संघका अध्यक्ष रबिलाल पाण्डेका अहिले पनि बजारमा कपडा पसल चलाएका छन । उनि ब्यवसायमा लगानी गर्न यही सहकारीबाट ऋण लिन्छन । शेयर सदस्य समेत रहेको उनि आफनो पेशाबाट नै ३ जना छोराछोरीलाई चिकित्सक पढाउन सफल भए । ‘हामीहरूकै लगानी गरेको सहकारी हामीलाई ऋण लिन धेरै सहयोगी भएको छ ।’—उनले भने ।
पहिलेपहिले महगोमा ब्याजमा ऋण लिएर ब्यवसाय गर्दा फाईदा कम हुने गरेको उनले बताए । अहिले भने आफनै सहकारीबाट सस्तोमा ऋण पाउदा ब्यवसाय सुध्रिनुका साथै छोराछोरीकी शिक्षादिक्षामा सहयोग मिलेको छ । साढे ९ सय बढि सहकारी सदस्यहरू रहेको सहकारीको २ करोड ३५ लाख रूपैया शेयर पँुजी रहेको छ ।

स्थापना दिवसमा रक्तदान तथा गौशालामा सहयोग

सशक्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १६ औ वार्षिकोत्सब रक्तदान तथा गौशालामा सहयोग हस्तान्तरण कार्यक्रम गरेर मनाएको छ । सहकारीमा सुशासन : प्रविधि र एकीकरण नारासहित स्थापना भएको सहकारीको एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं.४ का वडाअध्यक्ष नरिश्वर शर्मा पौडेल, सहकारीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदाताहरूलाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरे । कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं. ४ का वडाअध्यक्ष नरिश्वर शर्मा पौडेलले बुटवललाई रक्तदानको हबका रूपमा चिनिने गरि यहाँका युवाहरूको अभियान सफल रहेको बताए । समाजसेवाको उदाहरण पेश गर्न सफल भएको उनले दाबी गरे ।

कार्यक्रममा सहकारीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले हाटबजारमा ब्यवसाय गर्ने निम्न आय भएका ब्यवसायीहरूबाट सहकारी स्थापना भएको बताए । चर्को ब्याज तिरेर लगानीमा ब्यवसाय गरेका ब्यवसायीहरूलाई सदस्यता बापत एक सय रूपैया संकलन गरि सहकारी स्थापना गरेको बताए । सहकारीका सदस्यहरू अहिले आर्थिक, सामाजिक विकास गर्न सफल भएको उनले बताए । बैकमा पहुच कम भएका ब्यक्तिहरूलाई लक्षित गरि स्थापना गरिएको सहकारी अहिले उत्कृष्ट योगदान गरेको बताए ।

कार्यक्रममा सहकारी उपाध्यक्ष भिमलाल ज्ञवाली, सचिव ईश्वरी प्रसाद पोखरेलले सहकारी सिद्धान्तमा रहेर कार्यसम्पादनका साथै सामाजिक कार्यमा समेत सधै अग्रसर रहेको बताए । कार्यक्रममा संयोजक कृष्ण प्रसाद पौडेलले रक्तदानको महत्व समाजमा बुझाउने गरि निरन्तर अभियानका कार्यक्रम निरन्तरता जरुरी रहेको भन्दै सोमबार भएको रक्तदानमा ५० जनाले रक्तदान गरेको बताए । स्थापना दिवसको अवसरमा नन्दिनी गौशालालाई आहार वितरण समेत गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?