ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

अवैध केरा आयातसँगै रोग..

१ श्रावण २०८१, मंगलवार
१ श्रावण २०८१, मंगलवार

सुनवल, १ साउन ।
पश्चिम नवलपरासीको सिमावर्ती नाका हुदै भारतबाट अवैध रूपमा केराका विरुवा आयात हुँदा घातक पानामा रोगको जोखिम बढ्दै गएको छ । गत वर्ष नवलपरासीमा यस क्षेत्रमा पहिलो पटक पानामा रोगको नयाँ तथा घातक प्रजाती ट्रोपिकल रेश चार (टि आर फोर) रोग देखापरेको थियो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई रूपन्देहिले परासीमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा भारतबाट अस्वस्थ्य विरुवाको अवैध आयात हुदा नेपालमा पानामा टिआर फोर देखिएको विज्ञहरूले बताएका छन् । सो क्रममा प्लान्ट क्वारेन्टाईन तथा विषादी व्यवस्थापन केन्द्र हरिहरभवन काठमान्डौका वरिष्ठ बाली संरक्षण अधिकृत प्रकाश पौडेलले अवैध रूपमा भारत बाट केराको विरुवा आयात हुदा जोखिम बढेको बताए ।

पानामा टि आर फोरले प्रकोपको रूप लिएमा केरा खेतिनै ध्वस्त हुने जोखिम बढेपनि स्थानीय तह र प्रदेश सरकार गम्भिर नभएको उनको टिप्पणी थियो । भारतको कुशिनगरबाट अवैध रूपमा पश्चिम नवलपरासी हुदै भित्रिएको केरा कैलाली सम्म पुग्दा पानामा रोग फैलिएको पाईएको उनले बताए । नेपालमै पहिलो पटक पानामा टि आर फोर कैलालीमा देखिएपछि पश्चिम नवलपरासीको प्रतापपुरमा पनि देखापरेको थियो । रोग देखापरेपछि आवश्यक सावधानी अपनाउन भने पनि त्यसप्रति कुनै पनि निकाय गम्भीर नबन्दा समस्या विकराल बन्ने खतरा बढेको पौडेलले बताए । स्थानीय तहदेखि प्रदेश सम्म संघीय सरकारले समन्वय गरेर आवश्यक सहयोग गरेपनि दुवै तहले खासै चासो नदिएको उनको भनाइ छ । भारतबाट अवैध रूपमा आयात हुने विरुवाको बदलमा नेपालकै स्वीकृती प्राप्त नर्सरीबाट उत्पादित विरुवा प्रयोग गर्नुपर्नेमा प्लान्ट क्वारेन्टाईन तथा विषादि व्यवस्थापन कार्यालयको जोड छ ।

पानामाको टि आर फोर देखापरेपछि गत वर्षनै आचारसंहित बनाई आन्तरिक ओसारपसारमा समेत स्वीकृती लिनुपर्ने व्यवस्था सहितको मापदण्ड बनाईएपनी कुनै सावधानी नअपनाईदा केरा खेती जोखिममा परेको विज्ञको भनाइ छ । तर नवलपरासीका केरा किसानहरूले भने विकल्प विना विरुवा आयातमा कडाई गर्न नहुने बताएका छन् । केरा उत्पादक समिति नवलपरासीका अध्यक्ष लख्खु यादवले विरुवाको उचित विकल्प दिनुपर्ने माग गरे । उनले प्रतिबन्धले मात्र समस्याको समाधान नहुने भन्दै नेपालमा सरकारले तोकेका नर्सरीले केराको विरुवानै उत्पादन गर्न नसकेको जिकिर गरे ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका प्रमुख, वरिष्ठ कृषि अधिकृत नारायण काफ्लेले समयमै विरुवाका लागी पहल गर्न सके नेपालकै नर्सरीमा पर्याप्त विरुवा उत्पादन हुने बताए । परियोजनाले किसानलाई विउमा अनुदान रकम उपलब्ध गराउदै आएको बताउँदै काफ्लेले स्थानिय तह तथा प्रशासन समेत बेखबर बन्दा जथाभावि विरुवाको प्रयोगले रोगको जोखिम बढेको उल्लेख गरे ।

अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख भगौती यादवले केरा खेतीको प्रर्वद्धन र रोगको जोखिम न्यूनीकरणका लागी तिनै तहका सरकार र निकाय बिच समन्वयको आवश्यकता रहेकोमा जोड दिए । प्रतापपुर गाँउपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले केराका विरुवाका लागी समयमै सुश्चितता हुनुपर्ने बताउदै केरामा बिचौलियाको प्रवेशले किसानमा मारमा परेको उल्लेख गरे । सुस्ता गाँउपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले केरा उत्पादक समिति विधान अनुरूप चल्ने हो भने समस्या धेरै निराकरण हुने बताए । प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले अस्वस्थ विरुवा नियन्त्रण गर्ने सन्र्दभमा किसाननै सचेत बन्नुुपर्नेमा जोड दिईन् । सिमाक्षेत्र बाट हुनै अवैध आयातका सन्र्दभमा भने प्रमुख जिल्ला अधिकारी श्रेष्ठले केहि पनि बताईनन् ।

नवलपरासीको प्रतापपुर र सुस्ता गाँउपालिकाका सात वटा वडालाई प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले केरा जोनका रूपमा विकास गरी किसानलाई सहयोग गर्दे आएको छ । सो क्षेत्रमा २६ सय विगाहामा केरा खेति हुदै आएको छ । पानामा टि आर फोर गत वर्ष प्रतापपुरका एक किसानको खेतमा देखापरेको थियो । उक्त रोगका सम्बन्धमा देश विदेशका कृषि विज्ञहरूले अध्ययन गरी रोग नियन्त्रणका लागी आवश्यक सावधानी अपनाउन सुझाव दिएपनि कार्यान्व्यन भएको छैन् । प्रदेश तथा स्थानिय तह आफैले बनाएका आचारसंहिता समेत पालना गरेका छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?