© २०२३
बुटवल, ३१ असार । सशक्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १६ औ वार्षिकोत्सब रक्तदान तथा गौशालामा सहयोग हस्तान्तरण कार्यक्रम गरेर मनाएको छ । सहकारीमा सुशासन : प्रविधि र एकीकरण नारासहित स्थापना भएको सहकारीको एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नं ४ का वडाअध्यक्ष नरिश्वर शर्मा पौडेल, सहकारीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले रक्तदाताहरुलाई ब्लड ब्याग हस्तान्तरण गरि उद्घाटन गरे ।
कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ४ का वडाअध्यक्ष नरिश्वर शर्मा पौडेलले बुटवललाई रक्तदानको हबका रुपमा चिनिने गरि यहाका युवाहरुको अभियान सफल रहेको बताए । समाजसेवाको उदाहरण पेश गर्न सफल भएको उनले दाबी गरे ।
कार्यक्रममा सहकारीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले हाटबजारमा ब्यवसाय गर्ने निम्न आय भएका ब्यवसायीहरुबाट सहकारी स्थापना भएको बताए । चर्को ब्याज तिरेर लगानीमा ब्यवसाय गरेका ब्यवसायीहरुलाई सदस्यता बापत एक सय रुपैया संकलन गरि सहकारी स्थापना गरेको बताए । सहकारीका सदस्यहरु अहिले आर्थिक, सामाजिक विकास गर्न सफल भएको उनले बताए । बैकमा पहुच कम भएका ब्यक्तिहरुलाई लक्षित गरि स्थापना गरिएको सहकारी अहिले उत्कृष्ट योगदान गरेको बताए ।
कार्यक्रममा सहकारी उपाध्यक्ष भिमलाल ज्ञवाली, सचिव ईश्वरी प्रसाद पोखरेलले सहकारी सिद्धान्तमा रहेर कार्यसम्पादनका साथै सामाजिक कार्यमा समेत सधै अग्रसर रहेको बताए ।
कार्यक्रममा संयोजक कृष्ण प्रसाद पौडेलले रक्तदानको महत्व समाजमा बुझाउने गरि निरन्तर अभियानका कार्यक्रम निरन्तरता जरुरी रहेको भन्दै सोमबार भएको रक्तदानमा ५० जनाले रक्तदान गरेको बताए । स्थापना दिवसको अवसरमा नन्दिनी गौशालालाई आहार वितरण समेत गरिएको उनले बताए ।