© २०२३
बुटवल, ३१ असार ।
रोटरी क्लव अफ सेन्ट्रल लुम्बिनीको ९ औ पदस्थापन कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । निवर्तमान अध्यक्ष राम बहादुर कोईरीले अध्यक्ष प्रियबन्धु न्यौपानलाई पदभार हस्तानन्तरण गरेका हुन् ।
कार्यक्रममा रोटरी ३२९२ नेपाल भुटानमा ईलेक्ट डिजि विनोद कोइाराला, एंगेज एजी नरेश पौडेल लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा बोल्दै विनोद कोईरालाले रोटरीको विशेषताहरुको व्याख्या गर्दै रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले गरेका सामाजिक कार्यको प्रशंसा गरेका थिए ।
निवर्तमान अध्यक्ष रामबहादुर कोइरीलाई एक वर्षको सफल कार्यकालको बधाई दिँदै, नवनियुक्त अध्यक्ष प्रिय बन्धु न्यौपानेलाई शुभकामना दिएका थिए ।
कार्यक्रममा उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ, नयाँ कोलोनी सिद्धार्थनगर– ९, महिला समिति अध्यक्ष तुलसा भुसाल, क्लब सल्लाहकार गोविन्द सिंह लकी ले आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।
आफ्नो कार्यकालमा क्लबले जाजरकोट भूकम्प पीडितलाई सहायता देखि, स्थानीय बाल सुधार गृह, सिद्धार्थ अनाथ आश्रम र अर्घाखाँची सितगंगाको दरबार आधारभूत विद्यालय सम्म पुगेर बालबालिकाहरूलाई झोला, कपी, चप्पल आदि सामग्री बाँडेर सहायता गरेको जानकारी निवर्तमान अध्यक्ष रामबहादुर कोइरीले दिए । नवनियुक्त अध्यक्षले आफ्नो बोर्ड गठन गर्दै सम्पूर्ण बोर्ड सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए । सचिव गंगाधर भण्डारीका अनुसार कार्यक्रममा प्रेसिडेन्ट इेलेक्ट राम अर्याल, संयोजक प्रेम शर्मा लोहनी लगायतले आ आफ्नो भनाई राखेका थिए ।