Butwal Today

बुटवल टाईगर्स राउण्ड टेबल–२८ को छैठौं साधारणसभा तथा अधिवेशन

३० असार २०८१, आइतबार
अ+
अ-

कोटिहवा ।

बुटवल राउण्ड टेबल–२८ को छैठौं वार्षिक साधारणसभाबाट अध्यक्षमा प्रदिप शाक्य निर्वाचित भएका छन् । साधारणसभाबाट उपाध्यक्षमा रिषव वझा, सचिवमा अनिश कसौधन र कोषाध्यक्षमा विवेक कसौधन निर्वाचित भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुमा सुमित वझा, प्रमित बज्राचार्य, नितिस पटवा, प्रतीक कसजु, डा. मनिष श्रेष्ठ, मनन शाक्य र दिनेश सिलवाल निर्वाचित भएका छन् ।

कार्यक्रममा निवर्तमान अध्यक्ष निरज लाकौलले आफ्नो कार्यकाल (२०२३–२४) को कार्यक्रम प्रगति र आर्थिक विवतण प्रस्तुत गरेका थिए ।

त्यस्तै कार्यक्रममा पूर्व अध्यक्षहरु अखिलेश गुप्ता, आशिष श्रेष्ठ, आनन्द वझा, सन्जिव श्रेष्ठ र उमेश अमात्य लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

क्लबले देवदह नगरपालिकास्थित साईबाबा विद्या पीठ सामूदायिक विद्यालयलाई पाँच वटा कक्षा कोठासहितको २ वटा भवन निर्माण गरी हस्तान्तरण गरेको थियोे । सामाजिक क्षेत्रमा संस्थाले विभिन्न समयमा वृक्षरोपण, रक्तदान, सरसफाई, शिक्षा, सामाजिकलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ ।