© २०२३
भैरहवा, ३० असार ।
आईसीएफसी फाइनान्स लिमिटेड भैरहवा शाखाले छात्राहरुलाई सेनेटरी प्याड तथा स्वास्थ्य सामग्री वितरण गरेको छ । आफ्नो २० औं वार्षिक उत्सवको अवसरमा फाइनान्सले भैरहवास्थित रुपन्देही क्याम्पसमा अध्ययनरत छात्राहरुलाई एक कार्यक्रमकाबीच उक्त सामाग्री हस्तान्तरण गरेको भैरहवा शाखा प्रमुख विशाल बस्नेतले बताए ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४ सय बढी छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिएको बस्नेतले जानकारी दिए ।आईसीएफसीले विभिन्न विद्यालयहरुमा वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गर्दै आएको उनले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि आईसीएफसी फाइनान्स लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख अमृत शर्माले फाइनान्सले वित्तीय कारोबारसँगै सामाजिक उत्तरदायित्वका कार्यहरुलाई निरन्तरता दिदै आएको बताए ।
कार्यक्रममा फाइनान्सका भैरहवा शाखा प्रमुख विशाल बस्नेत, रुपन्देही क्याम्पसका क्याम्पस प्रमुख लक्ष्मण ज्ञवाली, क्याम्पस स्वास्थ्य विभाग प्रमुख सुरज ढुंगाना लगायतले बोलेका थिए । आईसीएफसीले २१ वटा शाखामार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।