ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा

पूर्व गृहमन्त्री थापाले भने–‘रूपन्देहीमा सरकारले तक्माको बाढी ल्यायो’

१ कार्तिक २०७९, मंगलवार
१ कार्तिक २०७९, मंगलवार

भैरहवा, १ कात्तिक ।

राप्रपाका केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पुर्व गृहमन्त्री निरन्जन थापाले निर्वाचनमा दुई खालको गठबन्धन भएको बताउँदै सत्तारुढ पाँचदलीय गठबन्धनलाई मत दिए खेर जाने बताएका छन् ।

“त्यो पात्र को को हो प्रधानमन्त्री क्लियर नै छैन । माधव नेपालले आफ्नै प्रधानमन्त्रीलाई फालिदिनुभयो । प्रचण्ड कहिले कता कहिले कता हुनुहुन्छ । त्यस्तो गठबन्धनलाई मत दिएर काम लाग्दैन’–थापाले भने–‘ पाँच दलको भावी प्रधानमन्त्री को हो ? थाहा छैन, तर हाम्रो तीन दलको प्रधानमन्त्री केपी ओली नै हो ।’

झण्डै तीन वर्ष आफू गृहमन्त्री भएको बताउँदै पूर्व गृहमन्त्री थापाले बिस्तारै दिपक बोहोरालाई गृहको ब्रिफिङ गर्न थालेको बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँणलाई कटाक्ष गर्दै थापाले रुपन्देहीमा तक्माको बाढी नै आएको बताए ।

“आज भोली तक्माको धेरै बाढी आएको छ । रूपन्देही क्षेत्र नं ३ मा बाढी नै आएको छ । हामी सरकारमा आएपछि त्यसरी तक्मा बांड्दैनथ्यौँ । तक्माको आधार हुन्छ हामी त्यसरी बाँड्ने गथ्यौँ । हामी उद्योगलाई सञ्चालन गरेर अगाडि बढाउने त्यस्तो उद्योगपतिलाई तक्मा दिन्थ्यौँ ।’

थापाले भने, ‘नाकामा चोरी निकासी रोक्ने प्रहरीलाई हामी तक्मा दिन्थ्यौँ । सिँचाई नपाएर हाँहाँकार भएको किसानलाई तक्मा दिन्थ्यौँ । पार्टीलाई भोट दिन्छ भनेर हामी कदापी तक्मा दिँदैनौँ ।’ रुपन्देही जिल्लामा दिपक बोहोराले विकासको काम गरेर देखाएको बताउँदै पूर्व गृहमन्त्री थापाले भैरहवाको विकास र समृद्धिका लागि प्रतिनिधि सभा सदस्यको निर्वाचनमा बोहोरालाई मत दिन आग्रह गरे ।

थापाले भने–‘चाहे भैलो भुजा भन्नुस । उहाँ पर्यटन मन्त्री पनि हुनुहुुन्थ्यो । बाटा घाटा विकासमा उहाँले धेरै काम गर्नु भो उहाँ रैथाने नेता हो । विकास प्रेमि हो प्राकृतिक गठबन्धन हो । हामीले परिपक्व मान्छे उठाएका छौँ त्यसैले हामी चुनाव जित्छौँ ।’

राप्रपाका बरिष्ठ नेता तथा प्रनिधि सभा क्षेत्र नं ३ का उम्मेदवार दिपक बोहोराले युवाहरुको सोँच, पाका पुस्ताको अनुभवलाई मिश्रण गर्दै समाज रुपान्तरणको लागि दिलो ज्यानले लाग्ने प्रण गर्दै यो निर्वाचनमा होमिएको बताए. ।

प्रदेशसभाका उम्मेदवार तुलसी चौधरीले महेन्द्र यादवले स्थानीय चुनावको मतलाई जोड्ने हो भने कांग्रेसको भन्दा हाम्रो १२ हजार मत बढी रहेको भन्दै ३ ख को ७ हजार धेरै मतले चुनाव जित्ने बताए । तीन दलको चुनावी गठबन्धनलाई कसैले पनि हराउन नसक्ने उनले बताए ।

जसपाका नेता तथा प्रदेश सभा सदस्य क्षेत्र नं ३ क का उम्मेदवार महेन्द्र यादवले तीन दलीय गठबन्धनले नै चुनाव जित्ने दाबी गरे । आफूले ६३ साल देखि आन्दोलन गरेको र यो देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापित भएको, धेरैले नागरिकता पाएको र सेना पुलिसमा आरक्षणको व्यवस्था भएको भन्दै विकास र समृद्धिका लागि मत दिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?