Butwal Today

एम्समा विद्यार्थी स्वागत तथा विदाई

२९ असार २०८१, शनिबार
अ+
अ-

बुटवल, २९ असार । ब्यवस्थापन विषयमा उत्कृष्ट कलेजको रुपमा पहिचान बनाएको एम्स कलेजमा विद्यार्थी बिदाई तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ । बिबिएस दोस्रो र तेस्रो वर्षमा अध्ययत विद्यार्थीहरुको आयोजनामा शनिबार तिलोत्तमा नगरपालिकास्थित एसआर होटलमा चौथो वर्षका विद्यार्थीको बिदाई तथा प्रथम वर्षका विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरिएको हो ।

एक कार्यक्रममा बिच स्कलर्स होम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनहरि बश्याल, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्याल, प्राचार्य दिपक ढकालले विद्यार्थीहरुलाई मायाको चिनो र खादा ओढाएर स्वागत तथा बिदाई गरे ।

कार्यक्रममा स्कलर्स विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मनहरि बश्यालले विद्यार्थीहरुलाई अध्ययनसंगै ब्यवहारिक शिक्षा दिन कलेज सफल रहेको बताए । यहा रहेका विभिन्न उद्योग, ब्यापारसंग सम्बन्धित प्रतिष्ठानसंग सहकार्य गरि ईन्टेनसिप गराउदै कार्यलाई निरन्तरता दिदै आएको बताए ।

कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले शैक्षिक प्रमाणपत्रसंगै विद्यार्थीमा सृजनशिलता अर्को महत्वपुर्ण पाटो मानिने बताए । राम्रो कामको प्रचार जरुरी नहुने भन्दै एम्सको शैक्षिक क्षेत्रमा छुट्टै पहिचान बनिसकेको उनले बताए ।

कार्यक्रममा प्राचार्य दिपक ढकालले पछिल्लोसमय कलेज स्कलर्स होमसंग सहकार्य भएर थप उर्जावान ढंगबाट अगाडी बढेको बताए । कलेज १४ औ ब्याचसम्म आईपुगेको उनले बताए।कलेजबाट उत्पादन भएका एक दर्जन बढि विदार्थीहरु अहिले ब्यवसायिक प्रतिष्ठानमा महत्वपुर्ण भुमिकामा रहेको उनले बताए ।

यसैबिच कलेजको आन्तरिक तथा टियुको बोर्डमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । आन्तरिक परिक्षामा उत्कृष्ट नतिजा ल्याउने प्रथम वर्षमा रितिका गौतम, महिमा कुर्मी, दिपिका भण्डारी, दोस्रो वर्षमा रिया क्षेत्री, प्रतिभा अर्याल, सुस्मिता खत्री तथा तेस्रो वर्षमा मुश्कान चौधरी, ईशा पाण्डे, सरिता थारु तथा टियु बोर्ड परिक्षामा उत्कृष्ट हुने करिश्मा तिवारी, पुष्पा न्यौपाने, मुश्कान चौधरीलाई सम्मान गरिएको थियो । यसैगरि काउन्सिल अफ एम्स स्टुडेन्स (क्यास) का निवर्तमान अध्यक्ष लक्षता खनाललाई मायाको चिनोबाट सम्मान गरिएको थियो । कलेजमा करिब २ सय विदार्थीहरु अध्ययरत छन भने एक दर्जन शिक्षकहरु अध्यापन गराउछन ।

कार्यक्रममा तेस्रो वर्षका विद्यार्थी ईशा पाण्डेले वार्षिक रुपमा पर्वका रुपमा यो कार्यक्रम गरिदै आएको भन्दै आफनो अनुभव नयालाई सुनाउने र नयाले सिक्ने रुपमा महत्वपूर्ण भएको बताईन । यसैबिच विद्यार्थीहरुले सास्कृतिक नृत्य समेत प्रस्तुत गरेका छन ।