ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

रोटरी डाउनटाउनद्धारा मानव आश्रममा सहयोग तथा वृक्षारोपण

२९ असार २०८१, शनिबार
२९ असार २०८१, शनिबार

बुटवल, २९ असार । रोटरी क्लब अफ बुटवल डाउनटाउनका वर्ष २०२४/२०२५ का अध्यक्ष शिव ज्ञवालीले मानब सेबा आश्रममा आश्रितहरुलाई सहयोग तथा परिसरमा वृक्षारोपण कार्यक्रम गरि पदभार ग्रहण गरेका छन । तिलोत्तमा नगरपालिका पश्चिम पहुनीस्थित आश्रम परिसरमा शनिबार वृक्षारोपण तथा आश्रितलाई खाना खुवाईएको हो । एक समारोहका बिच क्लबका अध्यक्ष शिव ज्ञवाली, फस्ट लेडी शर्मिला ज्ञवालीले आश्रमका प्रदेश संयोजक सरु अधिकारीलाई चेक हस्तान्तरण गरि सुभारम्भ गरे ।

कार्यक्रममा क्लबका अध्यक्ष शिव ज्ञवालीेले क्लबको ९८७ औ नियमित बैठकसंगै आफ्नो कार्यकालको शुभारम्भ आश्रममा सहयोगसंग गरेको बताउदै रोटरीको मुलमन्त्र स्वार्थ भन्दा सेवाको भावनालाई अक्षरस पालना गर्दै सामाजिक उत्तरदायित्वमा निरन्तर लाग्ने बताए । यसैगरि रोटरीले यो वर्ष वृक्षारोपणसंगै संरक्षणलाई जोड दिने गरि अभियान थालेको उनले बताए । साकेतिक रुपमा शनिबार २० वटा धुपिसल्ला रोपेर शुभारम्भ गरिएको छ । यो महिनाभरि नै आम्दा परिसरको रोटरी गार्डेन र रोटरी सचिवालयमा समेत गरि विभिन्न स्थानमा २ सय बढी विरुवाहरु वृक्षारोपण गरिने उनले बताए ।

कार्यक्रममा आश्रमका संयोजक सरु अधिकारीले वर्षभरि नै विभिन्न संघसंस्थाहरुको सहयोगमा आश्रित लक्ष्मीनारायण र बालगोपालहरुलाई खाना खुवाउनेमात्र नभई ब्यवस्थापन गर्न सफल भएको बताइन । आश्रमको अहिलेको अवस्थामा पुर्वाधार निर्माणमा धेरै सहयोग भएको उनले बताईन । सबैका लागि खाना, नाना र छाना, मानवलआश्रमको लक्ष्य रहेको उनले बताईन । २०८२ सम्म देशभर कोहि भोकै र सडकमा नरहने प्रतिवद्घता पूरा गर्ने समय नजिक आईरहेको उनले बताईन ।

कार्यक्रमका संयोजक भरत रानाले विगत समयबाट नै क्लबको सहकार्य रहेको आश्रममा रहेको भन्दै भवन निर्माणको अवस्थामा सागितिक कार्यक्रममा आर्थिक जुटाएको बताए । यसैगरि जुलाई महिनाको मुख्य कार्यक्रम वृक्षारोपण अन्तरगत धुपिसल्ला, कलकि, निम, बेल लगायतका बिरुवा २ सय बिरुवा वृक्षारोपण गरिने उनले बताए । यसैगरि रोटरीको मुलमन्त्र चारसुत्रीय कसी (फोर वे टेष्ट) आश्रमलाई बितरण गरिएको छ ।

कार्यक्रममा निवर्तमान अध्यक्ष कमला मल्ल हमाल, कार्यक्रममा क्लबमा मनिटर नर बहादुर श्रीष, पुर्व अध्यक्ष टंक पराजुली, भिभमलाल श्रेष्ठ ,जीवन अधिकारी, पिताम्बर ज्ञवाली, जबिन कक्षपति, क्लबका सचिव कमल नेपालले सामाजिक हितमा सधै हातोमालो गरेर अघि बढ्ने बताए । आश्रममा हाल सडकबाट उद्घार गरिएका १२० जना आश्रित छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?