ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो

भर्खरै रोपेको धानमा रोग देखियो, सल्यानका किसान चिन्तामा

२९ असार २०८१, शनिबार
२९ असार २०८१, शनिबार

सल्यान, २९ असार । भर्खरै रोपेको धानमा रोग लागेपछि सल्यानका किसान चिन्तामा परेका छन् । धानबालीमा फेद कुहिने, पात पहेँलो हुने, सुक्ने जस्ता समस्या देखिएपछि यहाँका किसान चिन्तित भएका हुन् । विशेष गरेर जिल्लाको छत्रेश्वरी गाउँपालिकाको गरिज्युला, सांगार लगायतको क्षेत्रमा किसानले भर्खरै रोपेको धानवालीमा समस्या देखिएको हो । छत्रेश्वरी, ६ सांगारकी कृषक सुन्तली विष्टले गत असारको १९ र २० गते रोपेको धानमा फेद कुहिने रोग देखापरेको बताइन् । गाउँपालिकाको कृषि विकास शाखामा शुक्रबार फेद कुहिएको धान लिएर आएकी सुन्तलीले भनिन्, ‘करिब ४ रोपनी खेतमा हर्दिनाथ ६ जातको धानको बीउ लगाएका छौँ । फेद कुहिने रोग देखियो । धान फल्ने सम्भावना नै देखिएन ।’

कृषकहरूले खेतमा रोपेको धानमा रोग तथा विभिन्न समस्या देखापरेको गुनासो पछि कृषि प्राविधिकहरूलाई स्थलगत अवलोकनसंगै समस्या पहिचान र समाधानका लागि आवश्यक कार्य गर्न निर्देशन गरिएको छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले बताए । गाउँपालिकाका कृषि स्नातक अधिकृत महेश भण्डारी, नाप्रास गणेश भण्डारी लगायतको प्राविधिक टोलिले खेतसम्म पुगेर अध्ययन संगै गाउँपालिकाको कृषि विकास शाखाले जिल्ला कृषि विकास कार्यालय संग यसबारेमा समन्वय, परामर्श गरिरहेको बताइएको छ ।

छत्रेश्वरी, ३ खारखोला निवासी कृषक पुस्पा बुढाथोकीले पनि धानबालीमा समस्या आएको बताइन् । ‘३ रोपनी खेतमा धान लगाएका छौँ’, उनले भनिन्, ‘हाम्रोमा पनि फेद कुहिने समस्या देखिएको छ ।’ यस्तै भोटेचौरका किसान जनक खड्काले गरिज्युलाको साढे ६ रोपनी खेतमा धान रोपेको भन्दै धानवालीमा पातको टुप्पा सुकेर सेतो हुने समस्या देखापरेको जनाए । वडा नं ६ कै मुना बस्नेत, कुल बहादुर रावत लगाएतले पनि धान बालीमा फेद कुहिने रोग देखिएको जानकारी गराए ।

जिल्लाभर धान रोपाई नसकिदै अघि रोपेको धानमा रोग देखा परेको हो । सल्यानमा हाल सम्म ९० प्रतिशत बढी क्षेत्रमा धान रोपाई सकिएको जानकारी दिदै जिल्ला कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी इश्वरी नारायण घर्तीले जिल्लाका अन्य स्थानबाट धानबालीमा समस्या परेको जानकारी नआएको बताए । यस्तै त्रिवेणी गाउँपालिकामा पनि यसप्रकारको रोग र समस्या देखापरेको भन्ने जानकारी नआएको गाउँपालिकाका कृषि विकास शाखा प्रमुख अमर सिं बबालले विगतका वर्षहरूमा भने रोपेको धानमा पातमा थोपा देखिने, पात कुहिने जस्ता समस्या देखा परेको उल्लेख गरे ।

छत्रेश्वरी क्षेत्रका किसानले रोपेको धानमा रोग र समस्या देखिएपनि गाउँपालिकाले उपचारको प्रयत्न गरिरहेको जनाएको छ । विषादी प्रयोग निरुत्साहन गरिएपनि बढी समस्या देखिएकाले छत्रेश्वरी गाउँपालिकाको कृषि शाखा मार्फत घटक ५०५, रोजर, हेक्जा कोनोजोल, राइने ५०५ लगाएतका विषादी र फाइटो फ्लेक्स भिटामिन वितरण भइरहेको कृषि स्नातक महेश भण्डारीले जनाए । खेतका गहरामा बढी पानी जमेर, बोमा कुनै जीवाणुका कारण वा विउ, मलमाटोको समस्याका कारण किसानहरूले रोपेको धानमा रोग देखापरेको हुनसक्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?