© २०२३
भरतपुर ।
लगातारको वर्षासँगै आएको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड १२ घण्टापछि सञ्चालनमा आएको छ ।
बिहीबार राति एक बजेदेखि अवरुद्ध सडकखण्ड शुक्रबार दिउँसो सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए।
उनका अनुसार इच्छाकामना गाउँपालिका–६ कालिखोलाको पहिरो पन्छाएर दुईतर्फी र भरतपुर महानगरपालिका–२९ सिमलतालमा एकतर्फी यातायात सञ्चालनमा आएको हो।
सिमलतालमा दुईतर्फी यातायात खुलाउने गरी पहिरो पन्छाउने काम भइरहेको सुवेदीले जानकारी दिए। सिमलतालको पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुई वटा बसको खोजी कार्य जारी छ । अहिले बस र यात्रुको खोजीका लागि धेरै सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी