ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

एनसेल ‘बिज सधैं अन’ का साथ चाल्नुस् डिजिटल भविष्यको पाइला

२७ असार २०८१, बिहीबार
२७ असार २०८१, बिहीबार

काठमाडौं, २७ असार ।

नेपालको पहिलो निजी क्षेत्रको जीएसएम मोबाइल सेवा प्रदायक एनसेलले नेपाली व्यवसाय जगतलाई ध्यानमा राखी विशेष रूपमा डिजाइन गरिएको ‘बिज सधैं अन’ योजना संचालनमा ल्याएको छ । नेपाली उपभोक्ताहरूलाई ‘सधैं अन’ मार्फत सशक्त बनाउने आफ्नो प्रतिबद्धता जारी राख्दै ल्याइएको यो योजना फाइभजी भिजनमा आधारित एक अर्को पहल हो ।

नेपाली उद्योग, संघ, संस्था, ठूला, साना तथा मझौला व्यवसायहरुलाई आ–आफ्नो क्षेत्रमा सधैं अनको प्रयोग मार्फत व्यापार, व्यवसाय बढाउन सहयोग पुर्याउनु ‘बिज सधैं अन’को उद्देश्य रहेको छ । अनावश्यक रुपमा मोबाइलमा ब्यालेन्स काटिने, प्रयोग गर्न बाँकी रहेका सेवाहरु पुनः अर्को महिना थपिएर आउने र बन्डल सेवाहरुका साथ महिनाभरी निर्धक्क सेवा पाईने यसको मुख्य विशेषता रहेका छन् । एनसेलले आफ्नो स्थापनाकालदेखि नै एक उत्कृष्ट सञ्चार साझेदारको रूपमा नेपाली उद्यमी तथा व्यवसायीहरूलाई विश्वस्तरीय बिजनेस सोलुसनहरु प्रदान गर्दै आएको छ । एनसेलले नेपालभर फैलिएका ३२ हजार बढी संघसंस्था र व्यवसायका ५ लाखभन्दा धेरै ग्राहकहरुलाई आफ्नो सेवाहरु प्रदान गर्दै आएको छ ।

“उद्योगको विकास भइरहेको छ र कम्पनीहरूको माग बढ्दै गएको छ । सिंगापुर, दुबई र हाम्रो छिमेकी राष्ट्र भारत जस्ता देशहरू फाइभजी, आईओटी, क्लाउड र एआई जस्ता आविष्कारहरूका कारण द्रुत गतिमा अगाडि बढिरहेका छन् । यी आविष्कारहरूको मद्दतले व्यवसायहरू कसरी सञ्चालन गर्ने, ग्राहकहरूसँग कसरी अन्तत्र्रिmया गर्ने र प्रभावकारिता बढाउने भन्ने जस्ता विषयहरुमा क्रान्तिकारी परिवर्तन गरिरहेका छन् । एनसेलले पनि उद्यमका पीडामर्काहरुलाई सम्बोधन गर्न र उनीहरूलाई आफ्नो व्यापार व्यवसाय बढाउन मद्दत गर्न विभिन्न सोलुसनहरु उपलब्ध गराउन काम गरिरहेको छ । त्यस्ता केही सोलुसनहरु तयार छन् र केही पाइपलाइनमा रहेका छन्,” एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।“सहकार्य गरेर हामीले कनेक्टिभिटीको शक्तिलाई प्रयोग गर्न सक्छौं, अझै उन्नत प्रविधिहरुमा काम गर्न सक्छौं र इनोभेटिभ सोलुसनहरु ल्याउन सक्छौ जसले डिजिटल अर्थतन्त्रमा दिगो वृद्धिलाई सहयोग पुर्याउँदै डिजिटल नेपालभिजन २.० मा योगदान गर्न सक्दछ ।”

एनसेलले आम उपभोक्तादेखि ठूला उद्यमीसम्म सबैलाई दैनिक सञ्चारका लागि सेवाहरु देखि लिएर नेपाललाई फाइभजी जस्ता नयाँ प्रविधिका लागि तयार पार्दै, व्यवसाय सञ्चालनमा फाइदा पु¥याउने सोलुसनहरुमा पहुँच पु¥याउने लक्ष्य राखेको छ । फाइभजीले अत्याधुनिक प्रविधि संचालनमा ल्याउन सक्षम बनाउँछ जसले अर्थतन्त्रमा महत्वपूर्ण प्रभाव पार्न सक्छ र डिजिटल नेपाल निर्माणका लागि मार्ग प्रशस्त गर्दै योगदान गर्न सक्दछ ।

सञ्चार सेवाका लागि एक विश्वसनीय रणनीतिक साझेदारको रूपमा, एनसेलले नेपालका बैंक तथा वित्तीय संस्थाहरु, बहुराष्ट्रिय कम्पनीहरु, होटलहरु, व्यवसायीहरु र थुप्रै ठूला, साना तथा मझौला उद्यमहरूलाई विभिन्न इनोभेटिभ प्रोडक्ट र सर्भिसहरु प्रदान गर्दै आएको छ ।

“सधैं अनमा हाम्रो सफलता र ग्राहकहरुको प्रशंसाका साथ हामी निरन्तर अगाडि बढ्दै छौं । सधैं अनमा नै हामीले हाम्रा इन्टरप्राईज तथा पोष्टपेड ग्राहकहरूलाई कस्टमाईज्ड भ्यालु दिन चाह्यौं,”ं एनसेलका हेड अफ इन्टरप्राईज प्रोडक्ट एन्ड सोलुसन्स् रञ्जन शर्माले भने । “बिज सधैं अन र विभिन्न सोलुसन सुटहरुका साथ हामी सरलीकृत संचालन र उत्पादकत्व वृद्धिमा सहयोग प्रदान गर्दै नेपाली व्यवसायहरूलाई अहिलेको डिजिटल युगमा उनीहरूलाई पूर्ण क्षमता हासिल गर्न सशक्त बनाउने लक्ष्य राखेका छौं जसले साँचो डिजिटल अर्थतन्त्रको विकासमा टेवा दिन्छ ।”

‘बिज सधैं अन’प्लान
एनसेलले उद्यमी व्यवसायीहरुका लागि मासिक रेन्टलमा ‘बिज सधैं अन’ प्लान अन्तर्गत रु ४९९ देखि १ हजार ९४९ सम्मका ५ वटा प्लानहरु ल्याएको छ । यस प्लानमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एप पनि बण्डल गरिएको छ । लायन्सगेट पब्लिक ट्रेडेड कन्टेटमा काम गर्ने विश्वको अग्रणी कम्पनी हो र मेरो लगानी एपले सेयर बजारमा भएको नाफा, नोक्सान ट्रयाक गर्दछ ।

रु ४९९ को प्लान अन्तर्गत ग्राहकले १७ जीबी डेटा, ६०० मिनेट नेपाल भरी कुरा गर्न टक टाइम र ६०० मिनेट लोकल एसएमएस प्राप्त गर्दछन् । त्यस्तै, रु ६४९ को प्लान अन्तर्गत ग्राहकले ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० वटा एसएसएस पठाउन सक्छन् । रु ९९९ को प्याक अन्तर्गत ग्राहकले ६० जीबी डेटा, अनलिमिटेड टक टाइम र १ हजार वटा लोकल एसएमएस पठाउन पाउँछन् । सेवाको आवश्यकता धेरै भएका ग्राहकहरुले रु १ हजार ५९९ र रु १ हजार ९४९ को मासिक प्लान लिन सक्छन् ।

यदि ग्राहकले लिएको प्लान अन्तर्गतको सेवाहरु सकिएमा ग्राहकले जम्मा ५ पैसा प्रतिएमबीमा वा १ जीबी डेटाको मात्र रु ५० (बजार शुल्कभन्दा २० गुणा कम शुल्क) मा बुस्टर प्याक खरिद गर्न सक्छन् । बुस्टर प्याक अन्तर्गत नै ग्राहकले रु ३० मा १ जीबी डेटा वा ३० मिनेट अलनेपाल लोकल कल प्राप्त गर्न सक्छन् । त्यस्तै, रु ५० मा ग्राहकले २ जीबी डेटा वा ७५ मिनेट नेपाल भरी लोकल कलको सुविधा प्राप्त गर्न सक्छन् ।

यसका साथै ‘बिज सधै अन’ प्लान लिने ग्राहकले स्पेसल सर्भिस लाइन ९००७ रु ९८०९००७००० का कल गरी ग्राहक सेवा र प्रिभलेज काउन्टर सुविधा पनि प्राप्त गर्दछन् । बिजनेस तथा पोस्टपेड ग्राहकले एस्ट्रिक्स १२३ ह्यास डायल गरी ‘बिज सधै अनु’ प्लानमा सजिलै अपग्रेड गर्न सक्छन् ।

नेपाली व्यवसायीको डेडिकेटेड बिजनेस पाटर्नस्को रुपमा एनसेलले आफ्नो इनोभेटिभ पोर्टफोलियोलाई विस्तार गर्दै टोल फ्रिनम्बर, सिप सोलुसन्स, नेसनल र ग्लोबल कनेक्ट सेवा, डेटा सेन्टरको–लोकेसन, हाई स्पिड बिज इन्टरनेट, बल्क एसएमएस सोलुसन्स, भर्चुअल प्राइभेट सर्भर र एनालिटिक्स जस्ता सेवाहरु प्रदान गदै आएको छ ।

यी सेवा तथा सुविधाहरु नेपाली इन्टरप्राईज सेगमेन्टका विविध आवश्यकतालाई पुरा गर्न डिजाइन गरिएका छन् र यसले अहिलेको परिस्कृत तथा गतिशिल बजारमा भरपर्दो प्रविधि र पुर्वाधारका साथ बिजनेसलाई सशक्त बनाउन मद्दत गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?