ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

तिलोत्तमामा बुझाए ब्यवसायीले ज्ञापनपत्र

२७ असार २०८१, बिहीबार
२७ असार २०८१, बिहीबार

बुटवल, २७ असार ।

आर्थिक मन्दीको बेला ब्यवसायीहरुलाई राहत दिनुको साटो स्थानीय पालिकाहरुले विज्ञापन कर उठाउने निर्णय गरेको विरोधमा रुपन्देहीका दुई दर्जन संघसंस्थाहरुले तिलोत्तमा नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन् । संघर्ष समितिका संयोजक लेखनाथ भण्डारीको नेतृत्वमा नेपाल घरबहाल सरोकार संघ रुपन्देहीका अध्यक्ष राजु लिगल, डेरी ब्यवसायी संघका अध्यक्ष रामकृष्ण शर्मा, अटो ईन्जिनियरिङ एशोसियसनका अध्यक्ष तुल्सीराम न्यौपाने, बुटवल सुनचादी ब्यवसायी संघका अध्यक्ष गोकुल विश्वकर्मा सहित विहिबार दुई दर्जन संघसंस्थाका पदाधिकारीहरुले तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वर देवी चौधरीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

अहिले ब्यापार, ब्यवसाय खस्किरहेको र अधिकांश प्रतिष्ठान बन्द गरी तालाचाबी बुझाउने अवस्थामा पुगेको भन्दै संयोजक भण्डारीले आफुहरु कर तिर्न सक्ने अवस्थामा नरहेको बताए । चार वटामात्र ब्यावसायिक संस्थाबाट भएको निर्णय आफुहरुले नमान्ने भन्दै बरु आन्दोलनमा उत्रने बताए । पालिकाबाट ब्यवसायीहरुलाई पत्राचार गरेर जबरजस्तीमा उत्रने हो भने आफुहरु थप आन्दोलनमा उत्रने उनले बताए । ‘अब हामी तालाचाबी बुझाउँछौ ।’—उनले भने ।

ज्ञापनपत्रमा होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देही, डेरी ब्यवसायी संघ, बुटवल अटो ईन्जिनियरिङ एशोसिएशन रुपन्देही, नेपाल घरबहाल सरोकार संघ रुपन्देही, बुटवल सुनचादी ब्यवसायी संघ, सिलाई ब्यवसायी संघ, ढुवानी ब्यवसायी संघ, मदिरा ब्यवसायी संघ, ग्रील ब्यवसायी संघ, मोबाईल ब्यवसायी संघ, विद्युत ब्यवसायी संघ, पुस्तक तथा स्टेशनरी ब्यवसायी संघ, औषधी ब्यवसायी संघ, फलफुल तथा तरकारी ब्यवसायी संघ, क्याटरीङ तथा पार्टी प्यालेस ब्यवसायी संघ, नाई ब्यवसायी संघ, रुपन्देही फर्निचर उद्योग संघ, खुद्रा ब्यवसायी संघ रुपन्देही, मासु ब्यवसायी संघ, नेपाल औषधी थोक ब्यवसायी संघ, बुटवल मण्डी संचालक समिति, नेपाल ह्याचरी उद्योग संघ, उपभोक्ता हित संरक्षण समिति, रुपन्देही ब्युटिसियन संघ, का पदाधिकारीहरुको हस्ताक्षर रहेको छ । ब्यवसायीको कम्पाउण्डभित्र राखिएको बोर्ड नभई सडक क्षेत्रमा राखिएको बोर्डको कर उठाउनुपर्ने उनले सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?