© २०२३
बुटवल, २७ असार । रुपन्देहीमा फर्निचरजन्य उद्योगमा आवद्ध फर्निचर ब्यवसायी संघ रुपन्देही, बुटवलले आफनो २५ औ स्थापना दिवसको अवसरमा विविध कार्यक्रम गरि मनाएको छ । रजत वर्षको अवसरमा विहिबार हिलपार्क परिसरमा २५ वटा बिरुवा वृक्षारोपण गरिएको छ । संघका संस्थापक अध्यक्ष टम्मर बहादुर पुनले वृक्षारोपण गरि कार्यक्रम सुभारम्भ गरिएको थियो ।
कार्यक्रममा संघका अध्यक्ष तेजप्रसाद पराजुलीले २५ औ स्थापना दिवसमा २५ वटा विरुवाहरु रोप्नेमात्र नभई यसलाई हुर्काउने जिम्मेवारी समेत आफुहरुले लिने बताए । यसैगरि रजत वर्षको अवसरमा पूर्वअध्यक्ष सम्मान समेत गरिने उनले बताए ।
कार्यक्रममा हिलपार्क विकास परिषदका महासचिव टंक प्रसाद पराजुलीले रजत वर्षको अवसरमा उदाहरणिय काम भएको भन्दै यो कामलाई सार्थकता दिने गरि संरक्षणमा जोड दिन सुझाव दिए । आफनो पेशा ब्यवसायलाई मर्यादित राख्दै सामाजिक उत्तरदायित्वमा समेत ब्यवसायीहरुको राम्रो कार्यमा जोड दिन सफल भएको उनले बताए । नेपालजस्तो साधनश्रोतमा धनि देशभएर पनि कच्चापदार्थ आयात गर्नुपर्ने बाध्यता रहेको भन्दै यसलाई हटाउने गरि नीतिगत रुपमा सरकारबाट पहल जरुरी रहेको उनले बताए ।
कार्यक्रममा निवर्तमान अध्यक्ष सावित्रा टण्डन, पुर्वअध्यक्ष नरेश कुमार श्रेष्ठ, पुर्वअध्यक्ष विष्णु प्रसाद पाण्डे, सल्लाहकार बोनिन पिया, वरिष्ठ उपाध्यक्ष जिवकान्त काफ्ले, महासचिव खिम बहादुर खड्काले संघको गरिमालाई अझ उचाईमा पुग्ने गरि रचनात्मक कार्यमा जोड दिन जरुरी रहेको बताए ।
नेपाल फर्निचर तथा फर्निसिङ महासंघका केन्द्रिय सचिव अशोक कुवरले काठमा आधारित उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको उत्पादनमा अब जोड दिन जरुरी रहेको बताए । केन्द्र तहबाट नै फर्निचर ब्यवसायीहरुको समस्यालाई सरकारसम्म पुर्याउने र समाधानमा जोड दिने गरि कार्य्रकम बनाउने उनले बताए ।
कार्यक्रम संयोजक नेत्र रुचालले संघको नियमित वार्षिक कार्यक्रम अन्तरगत वृक्षरोपण गरिएको बताए । हिलपार्क परिसरमा टिक, अमला, कटहरका बिरुवाहरु वक्षारोपण गरिएको थियो ।