ट्रेंडिंग:

>> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण 

बाँकेमा बाढी पसेर ढलेका मकै उठ्न सकेनन्

२६ असार २०८१, बुधबार
२६ असार २०८१, बुधबार

नेपालगञ्ज, २६ असार ।

बाँकेको राप्ती सोनारी –१ कुसुम क्षेत्रमा बाढी पसेका गाउँहरुमा मकै बाली सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । बाढीका कारण राप्ती सोनारी–१ अन्तर्गत पर्ने राप्तीपारीका गाउँहरू खोकरी, बसेरी, चुनाहा, दुबेरी, बक्सहवा र राजमार्ग क्षेत्रका होँचा भागमा अवस्थित बाघखोर, चप्पर गौडी, लगायतका गाउँमा करिव ५० बिघा क्षेत्रफलमा लगाईएको मकै बाली सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

गत साता राप्ती नदीमा आएको बाढी गाउँमा पसेपछि भर्खर धान बाला फाल्दै गरेका र घोगा लाग्न सुरु गरेका मकै धलेर सुक्न थालेको खोकरीका स्थानीय ईन्द्र ओलीले बताए । उनले भने –‘खडेरीमा खन जोत गरेर जेठको महिनामा मलजल गरी छरेको मकै बाढीले नोक्सान बनायो, बढीसँगै आएको माटोले घोगा लाग्ने ठाउँसम्म पुरेकोले फल्ने आशा छैन ।’ कतिपय कृषकले बाढीले पाटेको मकै मासेर धान रोप्न थालेका छन् भने कसैले मकै नोक्सान भएपनि पछि तोरी छर्ने आशमा बसेका छन् । धान रोप्नलाई ब्याड राखौं भने समय घर्कि सक्यो, ओलीले भने – ‘मेरो १० कठ्ठा जमिनमा रोपेको मकै सोत्रा नै परेर ढलेको छ, अब एकैचोटी तोरी छर्ने सोंचमा छु ।’ नदीबाट सिधै मकैबारीमा पानी पसेर मकैमा क्षति पुगेको उनको भनाई छ । पानीको बहाव तीब्र गतिमा आएको स्थानमा मकै ढलेर नोक्सान हुनुका साथै बलौटे माटोले ढाकेकाले पछि उब्जनीमा समस्या हुने चिन्ताले पनि पिरोलेको ओलीले बताए । बिस्तारै पानीको बहाव आएको स्थानमा भने जंगलको मलिलो माटो बगाएर ल्याएको उनको भनाई छ ।

बाढी पसेको दुई दिनमा पानी सुके पनि कतिपय स्थानमा हिलो–माटोले पुरिएर ढलेका मकैका टुप्पा समेत उठ्न सकेका छैनन् । करिब डेढ बिघा क्षेक्रफलमा मकै खेती गरेका स्थानीय धनविर चौधरीले यसपालि मकै चाख्न नपाएर सबै बाढीले सखाप भएको बताए । उनले भने –‘आधा मकै मासेर धान रोप्दैछु, आधा तोरी छर्ने भनेर त्यत्तिकै छोडेको छु ।’ मुख्यबाली मध्ये मकै खेती नै धेरै गर्दै आएका किसानहरु दुःख गरेर रोपेको मकै फल्ने समयमा बाढीले सखाप बनाएपछि भोकमरीको समस्या झेल्नुपर्ने हो कि भन्ने चिन्ताले पिरोलिरहेको बताउँछन् । स्थानीय मानबहादुर चौधरीले पनि करिब डेढ बिघा क्षेत्र फलमा मकै मात्र रोपेका थिए । हर्लक्क बढेर धान बाला फाल्न थालेको मकै सबै ढलेको देख्दा मन छियाछिया भएको उनी बताउँछन् । उनी भन्छन्, ‘मकै मासेर धान रोपौं तत्काल ब्याड छैन, नरोपौं ढलेको मकै हेरेर चित्त बुझ्दैन ।’ उच्च ठाउँमा मकै हुर्काएर होँचो ठाउँ अर्थात धान खेतमा अधिकाँंश किसानले रोपाई गरिसकेपछि गत शुक्रबार राप्ती नदीमा आएको बाढी गाउँमा पसेको थियो ।

स्थानीय माया चौधरी, उमेश खड्का, दिलबहादुर खड्कालगायतका कृषकहरुले राप्ती नदीको बाढीले मकैबाली क्षति भएको बताएका छन् । बाढीले क्षति गरेको मकै बारीमा तत्काल के रोप्ने भन्ने बारेमा कतिपय कृषक दोधारमा रहेको बताउँछन् । मकैबारीमा राप्ती नदीको बाढी आएर करिब २४ घण्टापछि पानी सुकेपनि दलदले हिलो सुक्न करिब तीनदिन लागेको कृषकहरु बताउँछन् ।

बाढी पसेर तीनदिन सम्म पानी जमेको मकैबालीमा फल लाग्ने सम्भावना नरहने बृषिविज्ञको भनाई छ । कृषिज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख तथा बालीविज्ञ सकिल खानले बाढी पसेको मकैबारीमा वैकल्पिक अन्य वर्र्षेबाली रोप्न सुझाव दिएका छन् । उनी भन्छन् –‘अहिले पनि धानको ब्याड राख्ने समय घर्केको छैन, अहिले ब्याड राखेर रोपेको धानबाट राम्रै उत्पादन लिन सकिन्छ र त्यसपछि त्यही जमिनमा गहुँ खेती गर्न सकिन्छ ।’ यदि मकैपछि तोरी खेती गर्न चाहने कृषकहरुलाई क्षति भएको मकै मासेर धान नरोप्न निमित्त प्रमुख खानको सुझाव छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?