ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

‘सधैं अन’ मा आधारित हुँदै एनसेलले ल्यायो फेसबुक बेसिक मोड र डिस्कभर

२६ असार २०८१, बुधबार
२६ असार २०८१, बुधबार

काठमाडौं, २७ असार ।

एनसेलका ग्राहकले अब इन्टरनेट चलाउन डेटा प्याक वा ब्यालेन्स नभएको अवस्थामा पनि इन्टरनेट र फेसबुक चलाउन सक्ने भएका छन् । यसलाई सम्भव बनाउँदै, एनसेल र फेसबुकको मातृ संस्था मेटाले एनसेलका ग्राहकहरूलाई ब्यालेन्स बिना पनि इन्टरनेट र फेसबुकमार्फत सम्पर्कमा रहन सबल बनाउन साझेदारी गरेका छन् ।

एकदमै राम्रो ब्रोडव्यान्ड कभरेज भएका क्षेत्रहरूमा पनि थुप्रै उपभोक्ताहरू क्रयशक्तिका कारणले गर्दा कहिलेकाही मात्र इन्टरनेट चलाउने वा चलाउँदै नचलाउने हुन्छन् । यी खाडलहरू पुर्नका लागि एनसेलले मेटासँगको सहकार्यमा मंगलबारबाट लागू हुने गरी दुई प्रोडक्टहरु फेसबुक बेसिक मोड र डिस्कभर संचालनमा ल्याएको छ । विशेष गरी टुजी मोबाइल सेट बोक्ने ग्राहकहरूका लागि इन्टरनेटको अनुभवका साथ सेवा लिन यो अत्यन्त सान्दर्भिक छ ।

डिस्कभरले टेक्स्ट मात्र हेर्न सकिने गरी इन्टरनेट ब्राउजिङको सुविधा दिन्छ । त्यसैगरी डेटा प्याक र डेटा चलाउन ब्यालेन्स नभएको अवस्थामा ग्राहकहरुले फेसबुक बेसिक मोडमा टेक्स्ट र फोटो सहित फेसबुक पहुँचको सुविधा पाउँछन् । यी दुवै प्रोडक्टहरुमा एनसेलको नीति अनुसार फेयर युसेज पोलिसी अर्थात उचित उपयोग नीति लागु हुनेछ ।

यो पहलले नेपालमा इन्टरनेटको प्रयोग बढाउन योगदान पु¥याउँछ र हाम्रो सधैं अन क्याम्पेनको एक अंशको रूपमा यसले ग्राहकहरुका मोबाइलहरूमा केही आधारभूत सेवाहरू उपलब्ध रही रहने कुराको सुनिश्चित गर्नेमा हामी विश्वास गर्छौं । यस किसिमका सहकार्यहरूले डिजिटल समावेशी नेपालको लक्ष्य हासिल गर्न महत्वपूर्ण कदम चाल्नेछ,” एनसेलका चिफ कमर्शियल अफिसर उमेर मोहसिनले भने ।

डिस्कभर एक एन्ड्रोइड एप हो । एनसेलका ग्राहकहरूले यो एप प्रयोग गरेर एनसेलमार्फत टेक्स्ट मात्र पहुँच हुने गरी इन्टरनेट चलाउन सक्छन् । यसको प्रयोगमार्फत कुनै पनि वेबसाइट ब्राउज गर्न सकिन्छ । टेक्स्ट मात्र सपोर्ट गर्ने हुनाले यसमा भिडियो, अडियो र अन्य प्रकारको धेरै डेटा खपत हुने सामग्री उपलब्ध हँुदैन । यसैगरी स्वास्थ्य एवं सुरक्षा सम्बन्धी विश्वासिलो जानकारीहरुमा सहज पहुँचका लागि डिस्कभरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विश्व स्वास्थ्य संगठनको वेबसाइटहरु बुकमार्क गरिएको छ ।

फेसबुक बेसिक मोडमा, एनसेलका ग्राहकहरूले डेटा प्याक सकिएमा वा डेटा प्रयोग गर्नको लागि ब्यालेन्स नभएको बेलामा पनि टेक्स्ट र फोटोहरूसहितको फेसबुक चलाउन सक्छन् । यसको मतलब ग्राहकहरुले आफ्नो स्टाटस्, पोस्टहरु राख्ने, फोटोहरु हेर्ने र राख्ने जस्ता कामहरु गर्न सक्छन् । ग्राहकहरूले डेटा खरिद गरेपछि उनीहरु स्वतःशुल्क लाग्ने फुल फेसबुक मोडमा फर्किन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?