© २०२३
लमही,२५ असार ।
अत्याधिक गतिमा सवारी चलाउँदा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न वडा प्रहरी कार्यालय लमहीले राडर गन ९स्पीड जाँच गर्ने लेजर गन मेसिन० प्रयोग गर्दै कारवार्ही थालिएको हो ।
उक्त दुर्घटनामध्ये अधिकांश राज मार्ग सडक खण्डमा तीब्र गतिका कारण हुन थालेपछि दुर्घटना न्यूनिकरण गर्न चेकजाँचमा नयाँ प्रविधि प्रयोग गरेको छ ।
‘जिल्लाका राजमार्गहरुमा तीब्र गतिले सवारी दुर्घटना बढदै गईरहेकोमा त्यस प्रकारका सवारी दुर्घटना न्यूनिकरण गर्न यो अभियान सुरु गरेका वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरक्षक प्रकाश भुसालले बताए । पहलो दिन सोमबार २१ वटा,सवारीसाधन कारवाहीमा परेका छन । राजमार्गमा गुडेका ६० किलोमिटर प्रति घण्टाभन्दा बढी हाँक्ने सवारीलाई कारवाही गरिएको छु,
दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षासहित अहिले महेन्द राजमार्ग सडक खन्डमा अभियान केन्द्रित छ उनले भने । हामीले प्रयोगमा ल्याएको राडर गन विशेष किसिमको अत्याधुनिक छ । यसले परैबाट आइरहेका तीव्र गतिका सवारी साधनबारे तत्काल संकेत दिने र ३ सय समटरमा आएपछि गति मापन गर्छ उनले भने । त्यस्तो गाडी तीब्र गति छ भने सय मिटरको दुरीमा आएपछि नम्बर सहितको सवारीसाधनको फोटो खिचिन्छ । मेसिनकै सहायताले ओभर स्पीडका त्यस्ता सवारीसाधन रोकेर सम्झाई बुझाई गरी कारबाहीको दायरामा परेका छन
कुन गाडी कति गतिमा गुडेको छ त्यसले गनमा अंक देखाउँछ र तस्बिर पनि खिच्ने भएकोले तत्काल स प्रमाणसहितको चिट दिई कारबाही गर्न पनि सहज भएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ् । राडार गनले सवारीको गति नापेर हेर्दा तीब्र गतिमा अधिकांश निजी कारहरु रहेका छन भने भाडाका बस,मोटरसाइकल र स्कुल बस पनि कारवाहीमा परेका छन् । हाल्सम्म १२ कार ६ बस र ३ वटा मोटरसाइकल कार्बाहिमा परेका प्रहरी निरक्षक भुसालले बताए ।