© २०२३
सुनवल, असार २४ । कारागार कार्यालय पश्चिम नवलपरासीका कारागार प्रशासक (जेलर) एक लाख रुपैयाँ घुस सहित पक्राउ परेका छन् । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय कार्यालय टंगाल बाट खटिएको टोलीले कारागार प्रशासकको रुपमा कार्यरत शाखा अधिकृत विनोद कुमार दत्तलाई एक लाख रुपैयाँ घुस र पचास हजार रुपैयाँ स्रोत नखुलेको रकम सहित नियन्त्रणमा लिएको हो ।
सेवाग्राहीलाई काम गरेबापत पाउने सेवा सुविधामा सहजीकरण गरिदिने भनी घुस लिएको अख्तियारले जनाएको छ । दत्तले सेवाग्राही संग घुस माग्ने गरेको उजुरीको आधारमा अख्तियारले निगरानी गर्दे आएको थियो । सोहि क्रममा कारागारमा रहेको उनकै निवासबाट आज उनलाई अख्यितारको टोलीले नियन्त्रणमा लिएको हो । यस विषयमा थप अनुसन्धान भईरहेको अख्यितार स्रोतले जनाएको छ ।