© २०२३
काठमाडौं,२४ असार । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज ९सोमबार० पनि बस्दै छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ।राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९र०८० पेश गर्ने सम्भावित कार्यसूची छ।
त्यसैगरी बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८०’ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ।
त्यसैगरी प्रधानमन्त्री प्रचण्डले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि सदनमा पुनर्विचारका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।