ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

आर्थिक मन्दीले इट्टाको माग ६० प्रतिशत घट्यो : उद्योगी

तीनै तहका सरकारले कर प्रणालीमा विशेष छुट एवं राहत प्याकेज ल्याउन माग
२३ असार २०८१, आईतवार
२३ असार २०८१, आईतवार

भैरहवा, २३ असार । आर्थिक मन्दीका कारण विकास निर्माणका काममा कमी आउंदा इट्टाको ब्यापारमा आधाले ६० प्रतिशत गिरावट आएको उद्योगीहरुले गुनासो गरेका छन् ।
लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीको भैरहवामा भएको २५ औं वार्षिक साधारणसभामा लुम्बिनी प्रदेश सभा सदस्य तथा प्रदेश सरकारका पूर्व शिक्षामन्त्री वसिउद्दीन खाँले इट्टा उद्योगहरु आर्थिक मन्दीको मारमा परेको स्वीकार गर्दै उनीहरुको समस्या समाधानमा तीनै तहका सरकारको ध्यान जानुपर्ने बताए ।
उनले प्रदेश सरकारबाट हुने सहयोगका लागि तयार रहेको बताए । संघका अध्यक्ष अजय कुमार गुप्ताले इट्टाको मागमा अत्याधिक कमी आउँदा उद्योगहरु संकटको मुखमा धकेलिएको बताए । ‘इट्टाको माग र ब्यापारमा ६० प्रतिशत गिरावट आउंदा बैंकबाट लिएको ऋणको साँवा, ब्याज चुक्ता गर्न र सरकारलाई कर बुझाउन नसकी निजी जायजेथा नै विक्री र धरौटी राख्नुपर्ने अवस्था आएको छ’–अध्यक्ष गुप्ताले भने । रुपन्देहीमा सञ्चालनमा रहेका ५२ ईट्टा उद्योगहरुमध्ये हाल २२ वटा उद्योग सञ्चालनमा रहेको र सञ्चालित यी उद्योगहरुको वार्षिक ईट्टा उत्पादनमा ५० देखि ६० प्रतिशतसम्म कमी आएको गुप्ताले बताए । उत्पादित ईट्टा समेत विक्रीवितरण हुन नसकी ठूलो परिमाणमा ईट्टा स्टक रहदा उद्योगी–व्यवसायीहरुमा चरम आर्थिक संकट सृजना भएको बताए ।

संघका महासचिव दीपक पौडेलले ईट्टा उत्पादनका लागि भारत लगायत तेस्रो मुलुकबाट आयात गरिने कोइलाको हाल अन्तर्राष्ट्रिय बजारमा भएको अभाव र शतप्रतिशतले मूल्यवृद्धिका साथै अन्य पेट्रोलियम पदार्थहरुको मूल्यमा वृद्धिका कारण ईट्टाका उत्पादन लागतमा करिब ४० देखि ५० प्रतिशतसम्म वृद्धि भएको र यसको मागमा कमी हुँदा उद्योगहरु संकटग्रस्त अवस्थामा रहेको बताए । उनले ईट्टा उद्योगको संरक्षणका लागि लागि तीनै तहका सरकारले कर प्रणालीमा विशेष छुट एवं राहत प्याकेज ल्याउन माग गरे ।

चेम्बर अफ कमर्श उद्योग व्यापार संगठन, रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठले कोइलाको मूल्यवृद्धि, मजदूरको अभाव, बढ्दो बैंक ब्याजदरलगायतका समस्याले ईट्टा उद्योग संकटमा परेको बताए ।

नेपाल ईट्टा उद्योग व्यवसायी महासंघ लुम्बिनी प्रदेशका वरिष्ठ सल्लाहकार सफर मियाले ईट्टा उद्योग असहज परिस्थितिबाट गुज्रिएको बताए । उनले प्रविधिको विकाससँगै उद्योगलाई प्रविधिमैत्री बनाउनुपर्ने बताए ।

रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटाले राज्यले उद्योग व्यवसाय सञ्चालनका लागि वातावरण बनाउनुपर्ने बताए ।

घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष नेत्र पाठक, नेपाल ईट्टा उद्योग व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार हरि प्रसाद अधिकारी,पत्रकार सम्झना शर्मा लगायतले उद्योगीका जायज माग सरकारले सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा यसै वर्ष स्थापना गरिएको स्व कमलराज पाठक स्मृति अक्षयकोषबाट उद्योगी गोकर्ण खड्कालाई सम्मान गरिएको थियो । यस्तै पत्रकार कमल रायमाझी र कपिल ज्ञवालीलाई नगर ११ हजारका दरले सम्मान गरिएको संघका अध्यक्ष अजयकुमार गुप्ताले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?