ट्रेंडिंग:

>> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन

चालक नै दुव्यर्सनीका बाहक !

दुव्र्यसनीमा फस्दै प्रतिबन्धित लागूऔषध सहित चालक र सहचालक पक्राउ पर्ने क्रम बढ्दै जाँदा सवारी साधन चालक नै लागूपदार्थ दुव्र्यसनीको मुख्य मतियार बन्ने गरेको पाइएको छ ।
२४ असार २०८१, सोमबार
२४ असार २०८१, सोमबार

लमही,२४ असार । आइतबार लमही नगरपालिका–७ अर्जुनखोलाको एक होटेलमा लागूऔषध सेवन गर्ने क्रममा सवारी चालक र सहचालक प्रहरीले नियन्त्रणमा लिएको छ । कोपिला नास्ता पसलमा घोराही देखि लमही हुँदै नेपालगंज जाने ना ८ ख १५७५ नम्बरको बसका चालक र सहचालकलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरक्षक प्रकाश भुसालले बताए ।

३४ जना यात्रु सवार रहेको डिलक्स बस रोकी चालक र सहचालकले प्रतिबन्धित लागूऔषधको सेवन तथा कारोबार गरिरहेका छन् भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले निजहरू रहेको पसल तथा शरीरको रितपूर्वक तलासी गर्दा निजहरूको साथबाट ९० मिलिग्राम लागूऔषध (खैरो हिरोईन) जस्तो देखिने खैरो धूलो पदार्थ र लागूऔषध सेवन गर्न प्रयोग गर्ने औजार सहित फेला परेको पनि भुसालले बताए ।

पक्राउ पर्नेमा दाङ बंगलाचुली गाउँपालिका वडा नं. २ पाखापानी बस्ने वर्ष ३० को चेत बहादुर कामी र दाङ तुलसीपुर दाङ तुलसीपुर उप–महानगरपालिका वडा नं. १८ हेमन्तपुर बर्लेनिडाँडा बस्ने वर्ष २४ को दिपु नेपाली रहेका छन । उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्मानित दाङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको भुसालले बताए ।

पछिल्लो घटनाक्रम हेर्दा सभ्य समाज निर्माणमा लागूऔषध पनि बाधक बन्ने गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ । समाजमा बस्ने मानिस नै दुव्र्यसनीमा लागेपछि सभ्य समाज निर्माणको कल्पनाले सार्थकता पाउन सकेको छैन । पछिल्ला समय झन बालबालिका देखि सवारी चालकमा लागूऔषध तर्फ आकर्षित हुँदा समाजको अस्तित्व अझै मेटिदै गएको पाईन्छ । विद्यार्थी जिवनकाल बाटै यसको सेवन तथा बेचबिखन उच्च हुँदै आईरहेको तथ्याङ्कमा छ । जसका कारण समाजमा अन्य घटनाहरूपनि बढ्दै गईरहेका छन ।

वडा प्रहरी कार्यालय लमहीको तथ्याङ्कमा पनि लागूऔषध मौलाएको देखिन्छ । प्रहरीको तीन बर्षिय तथ्याङ्क अनुसार हालसम्म ४ महिला र ५५ पुरुष गरि ५९ जना पक्राउ परेका छन । आर्थिक बर्ष २०७८/०७९ मा ४ पुरुष पक्राउ परेका थिए । लगत्तै २०७९/०८० मा त्यसको संख्या बढेर ४ महिला सहित २९ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो । २०८०/०८१ हालसम्ममा भने २८ जनालाई पक्राउ गरिसकेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख भुसालले जानकारी दिए । उनी वडा प्रहरी लमहीमा आए लगत्तै खैरो हिरोईन सहित ७ जना पक्राउ परि सकेका छन । पक्राउ परेका ब्यक्तिहरू १५ बर्षदेखि ४० बर्ष उमेर समूहका छन । तिन बर्षमा पक्राउ परेका ५९ जनामध्य २० जनाको मुद्दा दर्ता भएको थियो । आर्थिक बर्ष ७८/७९ मा २ जना, ७९/८० मा ९ र ८०/८१ हालसम्ममा ९ जनाको मुद्दा दर्ता भएको छ ।

लागूऔषध नियन्त्रण २०३३ को कानुनी प्राबधान अनुसार लागूऔषध खेती, संरक्षण, सेवन तथा बिक्रिबितरण जघन्य अपराध मानिन्छ । अफिम, ब्राउनसुगर जस्ता लागूऔषध सेवन तथा बिक्रिबितरण गरेको पाईएमा मात्राको आधारमा आजिवन कैद र २५ लाख सम्मका जरिवाना तोकिएको छ । देशैभर लागूऔषधका कारण कैद भुक्तान गरिरहेका घटना थुप्रै छन । प्रहरीले लागूऔषध प्रयोगकर्तालाई कारबाहीको दायरामा लिएपनि यसको प्रयोग भने घटेको देखिँदैन । दिनप्रतिदिन यसको प्रयोग र बेचबिखन देशैभर बढ्दो सँख्यामा छ ।

वडा प्रहरी लमहीका प्रहरी प्रमुख भुसालका अनुसार लमहीको सन्दर्भमा अनुसन्धान गर्दा ठूलो मात्रामा डिलर नभएको र सामान्य सेवनका लागि किनबेच हुने गरेको पाईएको छ । सामान्य भएपनि लागूऔषध अपराध नै भएको उनले बताए । सामान्य परिवार, अभिभाबकत्व गुमाएकाहरू यसतर्फ आकर्षित भएको पाईएको प्रहरी प्रमुख भुसालले जानकारी दिए । यसको रोकथाम तर्फ वडाप्रहरी लमही लागिपरेको छ । दैनिकजसो जनचेतनामुलक कार्यक्रम गर्दै आईरहेको छ । विद्यार्थीहरूमा लागूऔषध सम्बन्धी जनचेतना जगाउन सके यसको प्रयोग तथा बेचबिखनमा केही कमि हुनसक्ने भन्दै वडा प्रहरी लमहीले बिद्यालयहरूमा चेतनामुलक कार्यक्रम गरिरहेको छ । वडा प्रहरी कार्यालय लमही र देउखुरी सामुदायिक सेवा केन्द्रको आयोजनामा सुर्य बिनायक मावि लमही–१ का विद्यार्थीहरूमा जनचेतना जगाईएको हो । यसअघि बालजनता माबी लमही–३ बनगाउँमा कार्यक्रम गरिसकेको छ । कक्षा ८,९ र १० मा अध्ययनरत विद्यार्थीहरूलाई लागूऔषध के हो ? यसको दुव्र्यसनमा नफस्न के गर्ने ? कानूनी व्यवस्था के छन ? र विद्यार्थीको भूमिका के हो ? बिषयमा केन्द्रित रहेर जनचेतना कार्यक्रम गरिएको वडा प्रहरी कार्यालय लमही अब सवारी चालकहरूनै सेवन कर्ता भए पछि झनै चुनौती थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?