ट्रेंडिंग:

>> ८७ दिने अभियानमा ६ सय सवारी साधन भलाई कोषमा आवद्धः यस्ता छन् कोषले दिने सुविधा >> डिएलएस पद्धतिबाट युएईमाथि नेपालको जित >> राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक >> तीनकुने घटनाबारे पूर्वराजाले खोले मुख, के-के भने ? >> म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित >> रवि थुनामुक्त भएनन, सर्वोच्चले मगायो कैफियत प्रतिवेदन >> रविको मुद्दामा सुनवाइ सकियाे, अब केही बेरमा आदेश आउने >> अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने >> नेप्से ८.८४ अंकले घट्यो >> सरकारले शिक्षकहरूको माग सम्बोधन गर्नुपर्छः देउवा >> ३ रनको झिनो अन्तरले नेपाल चुक्यो, उपाधि कुवेतलाई >> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते

आँखाको सुरक्षाको लागि गाउँपालिकाले निःशुल्क चश्मा बाँड्दै

१ कार्तिक २०७९, मंगलवार
१ कार्तिक २०७९, मंगलवार

सल्यान, १ कात्तिक ।

सल्यानको कपुरकोट गाउँपालिकाले दुई हजार नागरिकलाई निःशुल्क चश्मा वितरण गर्ने भएको छ । आगामी शनिबार गाउँपालिकामा आँखा परीक्षण गर्दा चश्मा आवश्यक पर्ने पालिकाभित्रका नागरिकहरुलाई चश्मा वितरण गर्ने भएको हो । यसअघि आँखा स्वास्थ्य शिविर पनि सञ्चालन गरिसकेको गाउँपालिकाले हेल्पिङ ह्याण्ड नेपाल र आँखा उपचार केन्द्र श्रीनगर सल्यानको सहयोगमा निःशुल्क चश्मा वितरण गर्न लागेको हो ।

चिकित्सकहरुबाट आँखाको जाँच गरेर चश्मा आवश्यक पर्ने नागरिकलाई चश्मा वितरण गरिने गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले जानकारी दिए । उनले भने, ‘पहिलो चरणमा हामीकहाँ हेल्पीङ ह्याण्ड नेपालको सहयोगमा दुई हजार थान चश्मा आएको छ, त्यो वितरण गर्छाैँ । चश्मा प्रयोग गर्नुपर्ने अरु व्यक्तिहरु पनि हुनुभयो भने थप चश्मा पनि निःशुल्क वितरण गर्ने कार्यक्रम छ ।’

आँखा मानिसको सबैभन्दा महत्वपूर्ण र संवेदनशिल अंग भएकाले गाउँपालिकाबासीको आँखाको सुरक्षाको लागि चश्मा वितरण कार्यक्रम राखिएको गाउँपालिकाले जनाएको छ । ‘हामीले यस अघि आँखा स्वास्थ्य शिविर सञ्चालन गरेर गाउँपालिकाबासीको आँखा जाँच र मोतीयाविन्दुको समस्या भएका नागरिकहरुको आँखाको शल्यक्रियाको पनि व्यवस्था मिलाएका थियौँ,’ गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले भने ‘पछिल्लो समय चश्मा प्रयोग गर्नुपर्ने व्यक्तिहरु पनि बढेकाले निःशुल्क चश्मा वितरणको कार्यक्रम सञ्चालन गर्दैछौँ ।’

कात्तिक ५ गते शनिबार गाउँपालिका परिसरमा विहान १० बजेदेखि चश्मा वितरण कार्यक्रम राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जानकारी दिए । उनका अनुसार चश्मा वितरण कार्यक्रममा आँखा स्वस्थ राख्नका लागि के कस्तो विषयमा ध्यान दिनुपर्छ भन्ने बारेमा परामर्श समेत प्रदान गर्ने कार्यक्रम रहेको छ ।

कपुरकोट गाउँपालिकाले गत भदौमा सञ्चालन गरेको आँखा स्वास्थ्य शिविरबाट २६६ जनाले लाभ प्राप्त गरेका थिए भने ५० जना मोतीयाविन्दुको शल्यक्रिया गर्नुपर्ने व्यक्तिहरु फेला परेका थिए । उनीहरुले राप्ती आँखा अस्पताल रक्षाचौर दाङमा शल्यक्रिया समेत गरिसकेका छन् ।

पछिल्लो समय सबै उमेर समूहका व्यक्तिहरुमा आँखाको समस्या बढ्दै गएको पाइएको छ । विज्ञान तथा प्रविधिको विकाससँगै लामो समयसम्म मोवाइल, ल्याप टप, कम्प्युटर चलाउने, धेरै समयसम्म टिभी हेर्ने जस्ता कारणले पनि आँखामा समस्या आउने गरेको चिकित्सकहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission