ट्रेंडिंग:

>> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय

‘कांग्रेस–एमालेबीच मध्यरातमा भएको सहमति गोप्य राख्नु अपारदर्शी र अनैतिक’

२३ असार २०८१, आईतवार
२३ असार २०८१, आईतवार

काठमाडौं,२३ असार । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले एमालेलाई गिरीबन्धु टी स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधि सभाको विशेष समयमा बोल्दै एमालेलाई गिरीबन्धु टी  स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ भन्दै प्रश्न गरेका हुन् ।

कांग्रेस एमालेबीच भएको सम्झौता अहिलेसम्म बाहिर नआएको बताउदै अपारदर्शी सहमति गरेर नयाँ गठबन्धन बनेको र यसले देशलाई स्थीरता नदिने दाबि गरे ।

उनले भने –दिनभरी प्रधानमन्त्रीसँग बसेर स्वर्ग गएपनि सँगै जाने नर्क गएपनि सँगै जाने भन्ने अनि ललितपुरमा आफ्ना नेताहरुलाई सहमतिका लागि पठाउने यो कहाँको नैतिकता हो कमरेड ?

उनले प्रधानमन्त्री र गृहमन्त्रीले भुटानी शरणार्थीको फाइल फेरी खोल्न थालेपछि बेचन झा पक्राउ परेपछि एमाले कांग्रेसका नेताहरु बेचैन भएको र डुंगामा प्वाल परेको देखेको टिप्पणी गरे ।

उनले संबिधानमा प्रधानमन्त्रीले राजीनामा गर्नुपर्छ भनेर नलेखिएको उल्लेख गर्दै प्रधानमन्त्रीले संबिधानमा रहेको व्यवस्था अनुसार नै आफ्नो अधिकारलाई प्रयोग गर्ने बताए । सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणपछि कुनै नेतालाई नभेटेको र कुनै किसिमको सरकार बनाउने छलफल नगरेको दावी गरेका छन् ।

उनले प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिएपछि संबिधानको धारा ७६ को उपधारा ३ अनुसारको सरकार बन्ने संबिधानमा स्पष्ट व्यवस्था गरिएको बताए ।

सापकोटाले गत असार १७ गते मध्यराति नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सम्झौता गोप्य राख्नु अपारदर्शी र अनैतिकत काम भएको टिप्पणी गरेका छन्। दुई वटा दलका बीचमा के कस्ता सम्झौता भए बाहिर आएको छैन भन्दै सापकोटाले मध्यरातमा अमुक व्यक्तिका घरमा गरेको सम्झौता यतिका दिनसम्म गुपचुप राख्नुपर्ने कुरा के डरले काम गरेको छ सबैभन्दा पहिलो अपारदर्शीता, अनैतिकता त्यहाँबाट सुरु भएको छ भन्दै कांग्रेस र एमालेलाइृ ब्यङग्य गरे ।

साथै, उनले संसदलाई स्थिर बनाउने भनेर भएको सम्झौतालाई विश्वास गर्न नसकिने पनि बताए।

उनले एमाले र कांग्रेसले जनतालाई ढाँट्ने काम गरिरहेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?