ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

लायन्स क्लब अफ भैरहवा लिगेसीको अध्यक्षमा राजन शुक्ला

२३ असार २०८१, आइतबार
२३ असार २०८१, आइतबार

भैरहवा, २३ असार ।

लायन्स क्लब अफ भैरहवा लिगेसीको दोस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । भैरहवामा भएको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले वर्ष २०२४÷०२५ का अध्यक्ष राजन शुक्लालाई पद हस्तान्तरण गरेका थिए ।

त्यस्तै क्लबका संस्थापक सचिव नारायण प्रसाद कोइरालाले वर्ष २०२४÷०२५ का सचिव गोविन्द उपाध्यायलाई र वर्ष २०२३÷०२४ का कोषाध्यक्ष सन्दिप कुमार अग्रहरीले वर्ष २०२४÷०२५ का कोषाध्यक्ष ललित किशोर गुप्तालाई पद हस्तान्तरण गरेका थिए ।

क्लबको वर्ष २०२४÷०२५ को प्रथम उपाध्यक्षमा विनित उपाध्याय, द्वितीय उपाध्यक्षमा नारायण प्रसाद कोइराला, तृतीय उपाध्यक्षमा संजीव कुर्मी, मेम्बरसीप चेयरपर्सनमा सन्दिप कुमार अग्रहरी, एलसीआईएफ कोर्डिनेटरमा आकाश चौधरी, सर्भिस चेयरपर्सनमा गणेश न्यौपाने, मार्केटिङ चेयरपर्सनमा हृदयराम गुप्ता, टेल टवीष्टरमा कन्हैया प्रसाद कलवार र पीआरओमा रबिन्द्र प्रताप गुप्ता रहेका छन् ।

त्यस्तै सह–सचिवमा राजेन्द्र केवट, सह–कोषाध्यक्षमा राम नारायण ठाकुर, वातावरण संयोजकमा गोपाल जयसवाल, स्वास्थ्य संयोेजकमा शैलेश उपाध्याय, टेमरमा समरनाथ पाण्डे, निर्देशकमा रामदेव गुप्ता, अख्तर हुसेन, सदस्यमा दीपक सापकोटा, डा. आशुतोष शुक्ला, हिना तिवारी, अवनिश त्रिपाठी तथा मानार्थ सदस्यमा उमाशंकर पाठक र मुक्तिनाथ यादव रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक को–चिफ एडभाइजर अरुण कुमार मिश्राले दृढ संकल्पका साथ अघि बढ्नुपर्नेमा जोड दिए । उनले भने, ‘पैसा कमाउनु र धनी बन्नु मात्र ठूलो कुरा होइन । सोच ठूलो राख्नुपर्छ । आफूले कमाएको पैसामध्ये केही रकम आफूभन्दा कम भाग्यशाली व्यक्तिहरुलाई सहयोग गर्नुपर्छ । यो महत्वपूर्ण कार्य हो ।’

त्यस्तै डिष्ट्रिक डेपुटी सेक्रेटरी गोविन्द प्रसाद गिरीले लायन्स क्लब अफ भैरहवा लिगेसीको भविष्य उज्जवल रहेको बताए । उनले विभिन्न विपद् र महामारीमा लायन्स क्लबले सहयोग गरी महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए ।

लायन्स भैरहवा लिगेसीका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले आफ्नो कार्यकालमा साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिए । उनले टीमवर्कले क्लब यहाँसम्म आइपुगेको भन्दै क्लबको गरिमा अझ उच्च बनाउने बताए ।

क्लबको वर्ष २०२४÷०२५ का अध्यक्ष राजन शुक्लाले लायन्सको थिम अनुसार वातावरण, युथ, मधुमेह, बाल क्यान्सर र आँखा क्षेत्रमा गरिने महत्वपूर्ण कार्यक्रमहरु वार्षिक कार्ययोजनामा समावेश गरेको बताए ।

क्लबका सल्लाहकार श्रवण पाण्डेयले क्लबले आगामी दिनमा पनि रचनात्मक कार्यहरुलाई अघि बढाउने विश्वास व्यक्त गरे ।

क्लबका मानार्थ सदस्य उमाशंकर पाठक, संस्थापक सचिव नारायण प्रसाद कोइरालाले क्लबले छोटो समयमै आफ्नो पहिचान स्थापित गरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?