ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

ग्रामिण सडकहरू भत्किए

२३ असार २०८१, आईतवार
२३ असार २०८१, आईतवार

अर्घाखाँची, २२ असार । तीन दिनदेखि परेको अविरल वर्षाका कारण अर्घाखाँची आउने गोरुसिंगे–सन्धिखर्क सडक शनिबार दिनभर अवरुद्ध रहयो । निरन्तरको वर्षाका कारण शुक्रबार रातिदेखि अवरुद्ध रहेको सडक गोरुसिंगे–सन्धिखर्क सडक भने नेपाल प्रहरी, सशस्त्र प्रहरी, जेसिभी मेसिनहरू र स्थानीय बासीन्दाहरूको पहलपछि खुलाइएको छ । सन्धिखर्क नगरपालिका– ६ दहखोला र बहोखरमा पहिरो खसेर अवरुद्ध भएको सड्क शनिबार दिउँसो १२ बजे अर्थात करिब १२ घण्टापछि सञ्चालन गरिएको हो, वडा अध्यक्ष श्रीधर महत्राले भने ।
शुक्रबार रातिबाट अवरुद्ध भएको सड्क दिनभर मेसिन सञ्चालन गरेर खोल्ने काम गरिरहेका छौँ, खोलेपछि २ पटक फेरी बेलुका ६ बजे अवरुद्ध भयो, अहिले पनि खोल्न पहल गरिरहेका छौँ, केहि समय पानि रोकिएको छ, तर जोखिम कायमै छ, सड्क अवरुद्ध भएको स्थान घुम्तीबाट वडाअध्यक्ष महत्राले भने ।

यात्रा गर्दा अत्यावश्यक काम बाहेक यात्रा नगर्नका लागि र पानि परिरहेका कारण जोखिम कायमै रहेकोले सचेत रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी जिल्ला सूर्यबहादु खत्रीले बताए । चालुआर्थिक वर्षमा नै मुख्य सड्कको डबल कटिङ्ग, पिचँ गर्ने क्रममा अधिकांश ठाउँमा सड्क चौडा गराईएका कारण धेरै ठाउँमा जोखिम भएको हो । सदरमुकामबाट बुटबल जाने सड्क अत्यावश्यक बिरामीहरू हुने भएकाले पनि जोखिमका बिचमा जेसिभी मेसिन मात्र नभई शशस्त्र प्रहरीको प्रयोग गरेर शनिबार दिउँसोबाट सञ्चालन गरिएको हो ।

पानी परिरहेको छ, सितापुरका झनक केसी भन्छन् ‘सितखोला पनि उर्लिएको छ, सड्कमा जताततै मेसिन चलाएर चौडा बनाउने काम गरेका कारण जोखिम छ, प्रहरीसँग बुझेर मात्र यात्रा गर्दा राम्रो हुन्छ ।’ घुम्तीदेखि पत्थरकोटसम्मको बाटो एकतर्फी रूपमा खोलिएको हो । लगातारको वर्षाका कारण थप पहिरो जानसक्ने खतरा कायमै रहेकाले सतर्क रहन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरको छ ।

वर्षात भने रोकिएको छैन । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सड्क पनि अधिकांश ठाउँमा पहिरो गएका कारण अवरुद्ध छ । शुक्रबारबाट नै अवरुद्ध भएको सड्क पनि स्तरोन्ततीको काम भईरहँदा लगातार परेको वर्षाका कारण निगाली, दमार, पटौटी लगायतका ठाउँमा पहिरो गएकाले अवरुद्ध भएको हो । जिल्लाको सदरमुकाम सन्धिखर्कबाट ग्रामिण भेगमा जाने अधिकांश सड्कहरू भत्कीएका छन् । अर्घाखाँचीबाट पाल्पा, प्युठान र गुल्मी जाने सड्कहरू प्नि ठाउँठाउँमा पहिरोले भत्कीएको प्रहरीले जनाएको छ ।

पहाडी भेगमा हरेक वर्ष हिउँदमा मर्मत गरेका सड्कहरू ठूलो वर्षा लागेसँगै भत्कीने गर्छन् । लगातार पानि परिरहेको छ, पानी रोकिएसँगै मात्रै स्थानीय सरकारहरू आवश्यकता अनुसार सडक सञ्चालनका लागि पहल गर्ने बताएका छन् । जिल्लाका ग्रामीण सडकहरूमा पनि पहिरो गएकाले सतर्कताका साथ यात्रा गर्न स्थानीय पालिकाहरू अनुरोध गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?