ट्रेंडिंग:

>> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन

मुख्य सडकसहित विद्युत सेवा अबरुद्ध

२३ असार २०८१, आईतवार
२३ असार २०८१, आईतवार

गुल्मी, २२ असार । गुल्मीमा पहिरोमा पुरिएकी एक महिलालाई जीबितै उद्वार गरिएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका ३ अन्तर्गत थोर्गाको ठाँटीमा सनिबार बिहान स्थानीय उजेली विकको घर पहिरोले पुरेको हो । पहिरोले पुरिएकी ४५ वर्षीया उजेली बिकलाई स्थानीयहरूको सहयोगमा जीवितै उद्वार गरिएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिएका छन । शनिबार बिहान घर माथिबाट अचानक पहिरो जाँदा उजेलीको घर पहिरोले पुरेको थियो । पहिरोमा पुरिएकी विकलाई स्थानीयहरूद्वारा तत्कालै उद्वार गरिएको थियो । पहिरोमा परि घाईते बनेकी विकको प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा उपचार भैरहेको र उनी खतरामुक्त रहेको बताइएको छ ।

पहिरोले सत्यवती गाउँपालिका ३ स्थीत गोरडाँडामा स्थानीय रेशम पुलामीको घर पुरेर पूर्ण रूपमा क्षति भएको छ । पहिरोले त्यस टाउँका तीन घरपरिवार बिस्थापित बनेका छन् । विस्थापित परिवारलाई नजिकैको छिमेकीको घरमा राखिएको गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले बताए । गुल्मीमा लगातारको वर्षाले मुख्य सडक खण्ड अबरुद्ध भएका छन । पहिरोका कारण गुल्मीको सदरमुकाम तम्घास–रिडी, रिडी–वामीटक्सार, रुद्रबेणी–पूर्तिघाट,तम्घास–अर्खाबाङ् सडक खण्डहरू अबरुद्ध बनेका छन् । तम्घास–रिडी सडक खण्ड अन्तर्गत गुल्मीदरबार गाउँपालिका ४ स्थीत बिरवासमा सडक माथिबाट ठूलो पहिरो खसेपछि शुक्रबार रातीदेखि उक्त सडक अबरुद्ध बनेको हो । रिडी–रुद्रवेणी–वामी टक्सार सडकखण्डको विभिन्न ठाउँमा ठूला–ठूला पहिरो गएको र उल्लीखोलाको डहरे तथा नादेवा क्षेत्रमा खोला बढेका कारण सडक पूर्ण रूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक शंकर पोख्रेलले जानकारी दिनु भएको छ । सडक अवरुद्ध हुँदा लामो तथा छिटो दुरीका सवारी साधन र यात्रुहरू थप समस्यामा परेका छन् ।

वर्षाका कारण रुद्रबेणी–पूर्तिघाट सडक अन्र्तगत कालीगण्डकी गाउँपालिकाको भुर्तुङ् र वडा नम्बर ३ स्थित मुल्कामा पहिरोका कारण बिहीबारदेखि अबरुद्ध सडक अझै सुचारु हुन सकेको छैन । पहिरोका कारण इन्द्रेगौडा–तम्घास, चोरकाटे–शान्तिपुर लगायतका एक दर्जन भन्दा बढी सडकहरू अबरुद्ध छन । लगातार वर्षा भैरहेको र बर्षा नरोकिएका कारण सडकमा खसेको पहिरो हटाउन समस्या परेको प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले बताए । वर्षा रोकिएपछि मात्र आईतबार बिहानदेखि मुख्य सडकमा गएको पहिरो पन्छाउन शुरु गर्ने उनले जानकारी दिएका छन । वर्षाकै कारण छत्रकोट र सत्यवती गाउँपालिकाको बिभिन्न क्षेत्रमा बिद्युत सेवा अबरुद्ध भएको छ । पहिरोले गुल्मीदरबार गाउँपालिका ४ स्थीत बिरबास बजार नजिकैको रहेको ११ केभिए प्रशारण लाईनको दुई वटा पोल समेत ढलेका कारण बिद्युत सेवा अवरुद्ध भएकोे छ । लगातारको वर्षाका कारण गुल्मीको कालीगण्डकी, रिडी र बडिघाट खोलामा पानीको बहाव बढ्दै गएको छ । वर्षाले जिल्लाको जनजीवन समेत प्रभावित बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?