© २०२३
बुटवल ।
लायन्य क्लव अफ बुटवल सयपत्रीले बुटवल स्थित सिद्धबाबा दुर्गा भवानी शिवकुमारी सैजु बृद्धाश्रममा शनिवार निःशुल्क स्वास्थ्य परीक्षण, भौतिक सामग्री तथा खाद्यान्नहरु प्रदान गरेको छ ।
बर्ष २४—२५ का अध्यक्ष कमला बस्नेत कुँवरले आफ्नो कार्यकालको शुरुवातीमा सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर आश्रममा रहेका बृद्धबृद्धाहरुलाई सहयोग प्रदान गरेको बताईन् ।
अत्यधिक गर्मीका समयमा चिसो पानी पिउने बृद्ध आमाबुवाको इच्छालाई मनन गरी फ्रिजको आवश्यकता महशुस भएकोले उक्त आवश्यतालाई पूरा गर्न फ्रिज प्रदान गरेको र सोही अवसरमा आश्रममा रहेका बृद्धबृद्धाहरुको स्वास्थ्य परीक्षण समेत गरिएको उनले बताईन् ।
उक्त अवसरमा क्लवका सदस्यहरुले दैनिक उपभोग्य सामानहरु समेत प्रदान गरेका थिए । साझा हस्पिटल प्रा. लि. का डा. रोहित खड्काले स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधिहरु प्रदान गरेका थिए । कार्यक्रमको उदघाटन लायन्स ३२५ पि का डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले गरेका थिए । त्यस अवसरमा उनले लायन्स क्लव अफ बुटवल सयपत्रीले समाजमा उदाहरणीय कार्य गरेको र सेवामुखी कामहरु जहिले पनि यस्तै परिणामुखी हुनु पर्ने बताए । उनले अन्य लायन्सहरुले पनि क्लव अफ बुटवल सयपत्रीबाट सिक्नु पर्ने औल्याए ।
कार्यक्रममा निवर्तमान डिष्ट्रिक गभर्नर अर्जुनमान सैजु, प्रथम उपाध्यक्ष बालाराम भट्टराई, डिष्ट्रिकका सचिव माधव खनाल, कोषाध्यक्ष प्रकाश श्रेष्ठ, एरिया चिफ दिपक श्रेष्ठ, जोन चियर पर्सन महेश श्रेष्ठ, क्लबका पूर्व अध्यक्षहरु तथा सदस्यहरुको उपस्थिति रहेको थियो । कायृक्रममा सचिव शान्ति लक्ष्मी अर्याल, कार्यक्रम संयोजक सवनम श्रेष्ठले पनि मन्तव्य व्यक्त गरेका थिए ।