© २०२३
बुटवल,२२ असार । सिद्धार्थ पोलिटेक्निकल कलेज तथा जिवराज आश्रित स्मृति शैक्षिक केन्द्र बुटवलले नयाँ विद्यार्थीहरुलाई स्वागत र पूर्व प्रशिक्षकलाई सम्मान गरेको छ । सिटिईभिटीबाट मान्यताप्राप्त कलेज र केन्द्रले शनिबार एक समारोहका बिच प्रथम वर्षमा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई स्वागत गरिएको हो ।
कार्यक्रममा बोल्दै सिटिभिटी लुम्बिनी प्रदेश निर्देशक गोपाल आचार्यले प्राविधिक शिक्षाको नेपालमा ठूलो सम्भावना रहेको बताए । उनले प्राविधिक विषय पढने विद्यार्थीहरु अपवाद वाहेक कोही बेरोजगार भएर बस्नु नपर्ने दावी गरे ।
निजी प्राविधिक शिक्षालय महासंघका केन्द्रीय सदस्य डिपी खनालले प्राविधिक शिक्षाले दक्ष र सीपयुक्त जनशक्ति उत्पादन गर्ने र मुलुकको विकास निर्माण र समृद्धिमा योगदान पुराउने भएकाले सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताए । संस्थाका अध्यक्ष अरबिन्द आचार्य.प्रदीपराज पाण्डेले प्राविधिक शिक्षालाई राज्यबाट समय समयमा विभिन्न अप्ठेरोहरु सृजना हुँदै आएको बताउँदै त्यसको अन्त्य हुनुपर्ने भनाइ राखे ।
सिद्धार्थ पोलिटेक्निकल कलेजमामा हेल्थ असिस्टेन्ट, ल्याब टेक्निसियन, रेडियोथेरापी र सिभिल सव अभरसियर कार्यक्रम चलिरहेको छन भने जिवराज आश्रित स्मृति शैक्षिक केन्द्रमा सिभिल ईन्जिनियरिङ, हाईड्रोपावर ईन्जिनियरिङ , जियोमेट्रीक ईन्जिनियरिङ, बायोमेट्रीक ईन्जिनियरिङ र फार्मेसी कार्यक्रम सञ्चालन भइरहेका क्याम्पस प्रमुख अञ्जना पन्थीले जानकारी दिइन् । कार्यक्रममा कार्यक्रममा कलाकार योगराज पोख्रेल लगायतले सांस्कृतिक कार्यक्रममार्फत मनोरञ्जन प्रदान गरेका थिए ।