© २०२३
बुटवल, २२ असार ।
रोटरी क्लब अफ बुटवल चौतारीको २०९ औं नियमित एवं वर्ष २०२४–२५ को पहिलो बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ ।
बैठकले क्लवको पदस्थापन कार्यक्रमको समीक्षा गर्नुका साथै बोर्ड बैठकले गरेका निर्णयहरु अनुमोदन गरेको क्लवका अध्यक्ष नुमलाल पौडेल (नुमेन्द्र) ले जानकारी दिए ।
क्लवले साउन महिनालाई वृक्षारोपण अभियानको रुपमा लैजाने निर्णय गर्दै यसका लागि क्लवका सम्पूर्ण सदस्यहरुलाई सक्रियतापुर्वक लाग्न आग्रह गरेको छ । अध्यक्ष पौडेलले प्रत्येक महिना फरक फरक कार्यक्रम गर्ने योजना अनुसार साउन महिनालाई वृक्षारोपण महिनाको रुपमा अघि बढाउन खोजिएको बताए ।
बैठकमा बोल्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का पुर्व डिष्ट्रिक गभर्नर सञ्जय गिरीले रोटरीका चार मार्गदर्शक सिद्धान्तलाई सबैले अनुशरण गर्नुपर्ने भन्दै समुदायका लागि योगदान गर्न सक्नु नै रोटरीयनको मुख्य उद्देश्य र कर्तव्य रहेको बताए ।
पब्लिक इमेज चेअर अमित गिरीले रोटरीप्रति नयाँ सदस्यहरुको आकर्षण बढाउन यसका उद्देश्य, क्रियाकलाप र यहाँ हुने फेलोसिपलाई मुख्य आधार मानेर अघि बढ्नुपर्ने बताए ।
बैठकमा निवर्तमान अध्यक्ष दिनेशमणि सुवेदी, चार्टड प्रेसिडेन्ट डा. विष्णु घिमिरे, माधव कंडेल, सर्जन एट आम्र्स श्रीकान्त सुवेदीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।
बैठकमा सहभागी रोटरीयनहरुले क्लवको पदस्थापन कार्यक्रम पूर्ण रुपमा सफल भएको भन्दै क्लवका हरेक गतिविधिमा सबैको समूहिक प्रयास र एकता आवश्यक रहेको बताएका थिए ।