© २०२३
बुटवल, २२ असार । रोटरी क्लब अफ बुटवलको पद स्थापन कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ बुटवलको ३२ औ पद स्थापन कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै रोटरी डिष्ट्रिक ३२९२ का वर्ष २०२४/२०२५ का डिजि राजेन्द्रमान शेरचनले विश्वमा नै पोलियो उन्मुलन हुदै समुदायमा सात वटा सेवा क्षेत्र किटान गरि काम गर्दै आएको दाबी गरे । डिजि शेरचनले नया सदस्यता बढाउनेतर्फ क्लबको विशेष पहल जरुरी रहेको भन्दै राम्रो जानकारी दिएरमात्र सदस्यता दिनुपर्ने बताए । प्रत्येक वर्ष १५० हजार सदस्यता लिने र १६० हजारले छोड्ने प्रवृत्ति रोटरीमा देखिएको भन्दै उनले सदस्यता बढाउने गरि अभियान थाल्नुपर्ने बताए । ‘मेरो कार्यकालमा १० प्रतिशत सदस्यता बढाउने लक्ष्य छ ।’—उनले भने । यसैगरि प्रत्येक क्लबबाट एक हजार फलफुलको विरुवा वृक्षारोपण गर्ने र यसको संरक्षणमा समेत जोड दिन सुझाव दिए । पब्लिक ईमेजलाई बढाउने तर्फ विशेष चासो दिनुपर्ने भन्दै उनले ननरोटरीयनहरुलाई समेत परियोजनाका बारेमा बढिभन्दा बढि प्रचारप्रसार गर्न सुझाव दिए । मिस नेपाललाई ब्राण्ड एम्बेसडर, मिस अर्थ, मिस नेपाल वर्डलाई समेत समेटेर यो अभियानमा जोड्न लागेको उनले बताए । डिष्ट्रिक यो वर्ष ५ हजार महिलाहरुको पाठेघरको क्यान्सरको जाच, ५० वटा गल्र्स ट्वाईलेटसहित पोलियो समस्या देखिएका देशहरुमा सहयोग गर्ने योजना रहेको उनले बताए । यसैगरि आरसिसि स्थापनालाई जोड दिन आग्रह गर्दैै उनले माईक्रो फाईनान्स सहयोग, भोकेसनल ट्रेनिङ उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
कार्यक्रममा पिजिडि राजेन्द्र ध्वजुले समुदायमा रोटरीबारे भएको भ्रम चिर्ने गरि काम गर्न सुझाव दिए । आफनो कार्यकालमा ३५ वटा लक्ष्यमध्ये २६ वटा पुरा भएको भन्दै उनले पब्लिक ईमेज बढाउने समेत रोटरी सफल रहेको बताए । डिजि भिजिटको क्रममा १५७ क्लब घुम्दा सबै क्लबहरुको आआफ्नै विशेषता देखिएको उनले बताए । ‘सदस्य रिटेन्सनमा जोड दिन जरुरी रहेको छ ।’—उनले भने ।
कार्यक्रममा वर्ष २०२४/२०२५ का अध्यक्ष प्रज्वल थान्जुले मेजिकल रोटरी नारासहित आगामी कार्ययोजना प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य र समुदायको आर्थिक उपार्जन हुने कार्यक्रममा जोड दिने प्रतिवद्धता जनाए । ‘हाम्रो क्लब यस क्षेत्रमा सबैभन्दा धेरै रोटरी ग्रान्ट ल्याउन सफल र उत्कृष्ट कार्य गर्दै आएको छ ।’—उनले भने । यसलाई निरन्तरता दिने समेत उनले बताए । यो वर्ष बुटवलका मुख्य ३ स्थानमा सार्वजनिक शौचालय निर्माण, ३ वटा आरसिसिमा स्वस्थ्य शिविर, छात्रवृत्ति र रेगलर बैठक, रोट्याक्टको सहकार्यमा लागुऔषध विरुद्धको अभियान, रक्तदान, मानसिक रोगबारे सचेतना जगाउने कार्यक्रम गर्ने उनले बताए । सिस्टर क्लब रोटरी क्लब अफ गोरखपुर मिटटाउन बिच भगिनि सम्बन्धलाई थप अघि बढाईने उनले बताए । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ बुटवल रोटरी डिष्ट्रिकमा नै सबैभन्दा धेरै रोटरी ग्रान्टमार्फत परियोजना ल्याएर समुदायमा योगदान दिन सफल रहेको उनको दाबी छ ।
कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउनटाउनका वर्ष २०२४/२०२५ का अध्यक्ष शिव ज्ञवालीले रोटरी सधै अल्पकालिन र दिर्घकालिन गरि दुई प्रकारका कामलाई योजनावद्घ ढंगबाट बढाउनुपर्ने बताए । यस क्षेत्रकै सबैभन्दा पुरानो र माउ क्लबका रुपमा रोटरी क्लब अफ बुटवलले अन्य क्लबहरुको नेतृत्व गर्न आग्रह गर्दै यसमा दिने प्रतिबद्धता उनले गरे । प्रत्येक रोटरीका सदस्य लगानीको १० सौ गुणा सामाजिक कार्यमा योगदान दिन सफल भएको उनले दाबी गरे ।
कार्यक्रममा गोरखपुर मिटटाउनका अध्यक्ष डा.सुधिर अग्रवालले ग्लोबल ग्रान्टको परियोजना कसरी ल्याउने र समुदायमा संचालन गर्ने उदाहरण रोटरी क्लब अफ बुटवलबाट सिक्न जरुरी रहेको बताए । आफुहरुले सहकार्य गरि क्यान्सर उपचारमा परियोजना ल्याउन सफल भएको उनले बताए ।
कार्यक्रममा वर्ष २०२३/२०२४ का अध्यक्ष करुण खनालले वर्षभरि नै उत्कृष्ट कार्य गर्दा डिष्ट्रिकमा १४ वटा एवार्ड लिन सफल भएको बताए । यसैगरि उत्कृष्ट एजीका रुपमा सुनिल श्रेष्ठ सम्मानित, क्लबका पुर्व अध्यक्ष राजेन्द्र ध्वजु डिजि जस्तो गरिमाको जिम्मेवारी पुरा गर्न सफल भएको उनले बताए । नारायणी पारीको सबैभन्दा पुरानो क्लब हो । ग्लोबल ग्रान्टमार्फत लुम्बिनी प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्ट, गौतम बुद्ध मुटु अस्पतालमा अत्याधुनिक क्याथ ल्याब, बुटवल उपमहानगरपालिकालाई अत्याधुनिक दमकल, शंकरनगर बनबाटिका तथा अनुसन्धान केन्द्र हातामा बाल उद्यान र रेल, ई लाईब्रेरी, नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र बुटवललाई मोबाईल ब्लड बैक बस हस्तान्तरण गरेको छ ।
कार्यक्रममा वडा नं ३ का वडाअध्यक्ष विष्णु ढकाल, रोटरी क्लब अफ बुटवलका प्रेसिडेन्ट काउनसिल अध्यक्ष अमुल्यमान थैव, क्लबका सचिव बिरेन्द्र रानाले समुदायमा रोटरीको योगदानबारे प्रकाश पारे ।