ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

सुकुम्बासी जग्गा भूमाफियाको कब्जामा !

२२ असार २०८१, शनिबार
२२ असार २०८१, शनिबार

बुटवल, २२ असार । बुटवल उपमहानरापलिका वडा नम्बर ११ को बुद्धनगर क्षेत्रको जग्गा पटक पटक भूमाफियाको कब्जामा जाने गरेको पाइएको छ । वि.सं. २०३८ सालको बाढि बाट विस्थापित भई बर्दघाट क्षेत्रमा नेपाल सरकारले व्यवस्थापन गरेको थियो । त्यसपश्चात वि.सं. २०५९ सालदेखि बुद्धनगर लगायतका क्षेत्रमा स्थानीयहरू आएर बसोबास गर्दै आएका थिए । बुटवलको सबैभन्दा बढि अव्यवस्थित भुमिहिन सुकुम्बासी बस्ती रहेको बुटवल ११ को बुद्धनगर, मजुवा, हात्तीसुँण लगायतका क्षेत्रमा अहिले कहिले कुन व्यक्तिले लालपूर्जा छ भन्दै आउने, कहिले कुन व्यक्ति लालपूर्जा लिएर आउने गरेको कारण स्थानीयहरू पटक पटक त्रसीत भएका छन् ।

सोही अनुसार पछिल्लो समयमा नेपाल सरकारको नाममा तत्कालिन जिल्ला विकास समितिको जग्गा रहेको जग्गाको समेत लालपूर्जा भएको भन्दै दाबी गरेर केही व्यक्तिहरू आएपछि बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का १३२० घर धुरीका स्थानीयहरू त्रसीत बनेका हुन ।
स्थानीय सरकारले जग्गाको नापजाँच गरी निस्सा समेत दिईसकेको जग्गामा अहिले आएर जग्गाको लालपुर्जा छ भन्दै आएपछि स्थानीयहरूले न्यायको लागि माग गरेका छन् । उक्त क्षेत्रको बुद्धनगर क्षेत्रको दुर्गा एकता टोल, बुद्ध टोल, शिवालय टोल, अल्कापुरी टोल र जागरण टोल विकास संस्थाका स्थानीयहरूले शुक्रबार भेला भएर उक्त जग्गा आफूहरूले लामो समय देखि नै बासोबास गर्दै आएको आधारमा भोगचलन गर्न पाउनुपर्ने माग समेत गरेका हुन ।

उक्त क्षेत्रमा वि.सं. २०५९ साल देखि बसोबास गर्दै आएका १२ सय बढि स्थानीयहरूले आफूहरूलाई बेघरबार बनाउन लागिएको भन्दै विरोध समेत गरेका छन् । स्थानीय प्रकाश काफ्लेका अनुसार साविक बुटवल ९ (ग) कित्ता नम्बर १५७,१५८, १६० र १७१ जग्गा मा वि.स. २०५९ साल माघ ८ गते देखि स्थानीयहरू बस्दै आएका थिए । जसको अव्यवस्थीत भूमिहिन सुकुम्बासी समस्या समाधान आयोगले जग्गा नापजाँच गरी निस्सा समेत वितरण गरेको छ ।

अहिले आएर कित्ता नम्बर ९ ग को १५८ को १७ कठ्ठा ९ धुर लिल बहादुर विश्वकर्मा, १५७ को १८ कठ्ठा १४धुर आशोक सिंह लहागुन, १७१ कित्ता को ३ विघा विनोद बहादुर शार्की र ५२५, २९१३, ९०३, ५२४, ५२६, ३०५१, ९०२ र १३३ सुर्जे प्रसाद श्रेष्ठ सहित ७ जनाको भएको भन्दै जग्गा धनी पुर्जा भएको भन्दै दावि गदैै वडा कार्यालयमा निवेदन समेत दिएका छन् । वडा कार्यालयको २०७८ असार १७ गते सूचना समेत जारी गरेको पाइएको छ ।

स्थानीयले पत्रकार सम्मेलन आयोजना गरी प्रकाश काफ्लेले कित्ता नम्बर १७१ र १५७ नापी कार्यालयको श्रेष्ता कायम नै नभएको जग्गा भएको बताए । उनले १५८ नम्बर कित्ता नेपाल सरकारको नाममा भएको जिल्ला नापी कार्यालयको तथ्यांक अनुसार रहेको र १५७ र १५८ तत्कालिन जिल्ला विकास समितिको नाममा दर्ता भएको पाइएको थियो । स्थानीय देवी दुर्गा एकता टोल विकास संस्थाका अध्यक्ष देवी पौडेलले नेपाल सरकारको नाममा, तत्कालिन जिल्ला विकास समितिको नाममा रहेको जग्गा अहिले आएर एक, दुई जना व्यक्तिले आफ्नो नाममा भएको भन्दै दाबी गर्दै आएको बन्दै यो कुनै हालतमा मान्य नहुने बताईन । उनले यो विषयमा अहिले जिल्ला प्रशासन कार्यालयमा समेत छानविन भैरहेको जानकारी दिँदै यसको लागि सम्बन्धीत निकायले छानविन गरी भूमाफियाहरूलाई कारवाही गर्नुपर्ने माग गरिन् ।

लामो समयदेखि बसोबास गर्दै आएको नगरपालिकाबाट समेत निस्सा वितरण भएको जग्गामा अहिले लालपूर्जा छ भन्दै आएर स्थानीयहरूबाट रकम अशुल्ने, त्रसीत पार्ने काम भएको भन्दै यो विषयमा सरोकारवाला निकायले निस्पक्ष छानविन गर्नुपर्ने उनको भनाई रहेको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडा सदस्य जनप्रतिनिधि नहकुल सिंह शाही ठकुरीले कुनै पनि व्यक्तिले अहिले आएर लालपूर्जा छ भन्दै दाबी गर्नु आफैमा छानविनको विषय भएको बताउँछन् । उनले भूमाफियाहरूले उक्त क्षेत्रको जग्गा पटक पटक नक्कली लालपूर्जा खडा गरी मालपोतमा समेत पास गरेको घटना सार्वजनिक भएको अवस्थामा अहिलेको पनि विषय आएको भन्दै यसमा निष्पक्ष छानविन गर्नुपर्ने बताएका थिए ।

उनले कोही व्यक्ति लालपुर्जा छ भन्दै आएमा उनीहरूको पक्षमा वडाले सर्जिविन मुचुल्कामा सहभागी नहुने समेत बताए । स्थानीय बसोबास गर्दै आएकाहरूको पक्षमा वडा कार्यालय रहेको भन्दै उनले यसको लागि स्थानीयको पक्षमा आफु रहेको बताए । यता, कित्ता नम्बर १५८ का जग्गा धनी दावि गरिएका लिल बहादुर विश्वकर्माले आफुसंग यथेष्ठ प्रमाण भएको कारण आफ्नो बाबुको नाममा रहेको जग्गा खोजविन गरी अदालतबाट समेत फैसला भई लालपूर्जा पाउने अवस्था रहेको दाबी गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?