ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

पर्सामा हत्यामा संलग्न तीन जना पक्राउ

२० असार २०८१, बिहीबार
२० असार २०८१, बिहीबार

बुटवल, २० असार ।
बाराका दुई जना ब्यक्तिको हत्यामा संलग्न ३ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका वडा नं ५ बस्ने घटनाको मुख्य योजनाकार ३३ वर्षिय लक्ष्मण कुमार प्रजापति, पर्साको जगरनाथपुर गाँउपालिका वडा नं ५ बस्ने मुख्य योजनाकार ३२ वर्षिय सन्तोष प्रसाद कुम्हार र त्यहीँ वडाको धर्मपुर बस्ने ४५ वर्षिय महादेव महतो नुनिया रहेका छन्।

मुख्य योजनाकार भनिएका हरुलाई प्रहरीले वीरगन्ज महानगरपालिका वडा नं १५ भिस्वाबाट पक्राउ गरेको हो भने नुनियालाई उनको घरबाट पक्राउ गरिएको हो। तिनै जनालाई १८ गते मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक दिपक भारतीले जानकारी दिए । पर्साको जगरनाथपुर गाँउपालिका वडा नं १ बिसुनपुर्वामा भारतसँग सिमा जोडिएको दशगजामा शव भेटिएको थियो ।

गत जेष्ठ २९ गते मंगलबारका दिन जगरनाथपुरको ओरिया खोलाको किनारमा नेपाल भारत सिमानाको दशगजाभन्दा ८० मटिर नेपालको सिमाभित्र उत्तर पूर्वतर्फ रहेको खाली जग्गामा दुर्गन्धित अवस्थामा बारा कलैया उपमहानगरपालिका वडा नं ६ बस्ने ६० वर्षीय रामएकवाल पण्डित कुम्हार र आदर्शकोतवाल गाउँपालिका वडा नं ७ घर भई कलैया बस्दै आएका ४० वर्षीय सुरेश ठाकुर लोहारको शव फेला परेको थियो। फारेंसिक डाक्टर र तालिम प्राप्त कुकुर सहितको अनुसन्धान बिशेषज्ञ टोलीले घटनास्थलबाट कानून बमोजिमको सम्पुर्ण कार्य पुरा गरि लाश पोष्टमार्टमको लागी नारायणी अस्पताल बिरगन्ज पठाए पश्चात शुक्ष्म अनुसन्धान भएको थियो। अनुसन्धानको क्रममा प्राविधिक बिश्लेषण तथा सुक्ष्म अनुसन्धान गर्दा पारिवारीक रिसईबी तथा जग्गा जमिनको विवादको बिषयलाई लिएर योजनाबद्ध तरिकाले हत्या भएको कुरा खुल्न आएको हो ।

यसरी घटाइएको थियो घटना

घटना घटाउने मुख्य योजनाकारले हत्याको पुर्ण योजना बनाई मृतकहरुलाई झारफुक एवम धामी झाँक्रीको काम रहेको भन्ने बिश्वासमा पारी बारा जिल्लाबाट दुबै मृतकलाई घटना स्थल सम्म बोलाएका थिए। हत्याको लागि योजनाकारले निश्चित व्यक्तिलाई ८ लाख रुपैया दिएर ९सुपाडी० हत्या गर्न लगाएको अनुसन्धानबाट खुलेको छ। मृतकहरु जेष्ठ २५ गते शुक्रवार साँझ सवा ६ बजेको समयमा बारा जिल्लाको आफ्नो निज निवासबाट बसमा चडी पर्साको प्रतिमा चोकमा झरी प्रतिमा चोकबाट पावर हाउस चोकमा आई पवार हाउस चोकबाट विन्दवासिनी ९केहुनीया० जाने गाडी चडी बिन्दाबासीनी चोकमा झरेका थिए।

त्यस्तै उक्त चोकबाट घटनामा संलग्न एक जना मानिसले दुबै झाक्रीलाई मोटरसाइकलमा चढाइ बहुअर्वाभाठाको बाटो हुँदै हुलाकी सडकबाट लखनपुर पुऱ्याई उक्त स्थानबाट नहरको बाटो हुँदै जगरनाथपुर गाँउपालिका वडा नं। १ बिसुनपूर्वा ओरिया खोलामा लगि मृतकहरुको साथमा भएकै गाम्छाले घाटी बाँधी दुबै जनाको घाटी थिची हत्या गरेको र मृतकको शवलाई घटना घटाएको स्थान नजिकै ओरीया खोला तटमा शव गाडिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उक्त घटनामा संलग्न योजनाकार सहितको तीन जना व्यक्तिहरु हाल पक्राउ गरिएपनि अन्य संलग्न संकित व्यक्तिहरुको पहिचान भईसकेको र निजहरुको खोजि कार्य भइरहेको प्रवक्ता भारतीले बताए। पक्राउ परेका व्यक्तिहरू माथि कर्तव्य ज्यान मुद्दामा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?