ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार

तिलोत्तमा उद्योग वाणिज्य संघको दशौं स्थापना दिवस : संस्थापक अध्यक्षलाई सम्मान

१९ असार २०८१, बुधबार
१९ असार २०८१, बुधबार

तिलोत्तमा ।

तिलोत्तमा उद्योग वाणिज्य संघले दशौं स्थापना दिवस मनाएको छ । २०७१ साल असार १८ गते स्थापना भएको संघले सम्मान तथा स्वागत कार्यक्रम सहित आफ्नो स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसको अवसरमा संघले संघका संस्थापक अध्यक्ष गुणनिधि भण्डारी (माधव) लाई संघको स्थापना कालदेखि हालसम्म संस्थागत विकास, संस्थागत सम्वन्ध विस्तार र ब्यवसायिक हकहितको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै दोसल्ला ओढाएर सम्मान–पत्रद्वारा सम्मान गरेको छ ।

यस्तै स्तरोन्नति भई प्रहरी निरीक्षकको दरवन्दी कायम भएको ईलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख प्रहरी निरीक्षक सुनिल थापा नेपालीलाई संघले सम्मान सहित स्वागत गरेको छ ।

स्थापना दिवस समारोहमा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख तथा संघका प्रमुख सल्लाहकार रामकृष्ण खाँणले तिलोत्तमा उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरु आत्मविश्वासका साथ अगाडी बढेकाले आफ्नै सुविधा सम्पन्न भवन निर्माण गर्नुका साथै ब्यवसायीहरुको हकहित, क्षमता बृद्धि र सुरक्षाका क्षेत्रमा धेरै राम्रो काम गर्न सफल भएको बताए ।

उद्योग वाणिज्य संघ विशुद्ध ब्यवसायिक हकहित र उद्योग ब्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले खोलिएको संस्था भएकाले उद्योग वाणिज्य संघको सदस्य हुनु आफैमा गर्वको विषय हो खाँणले भने । उनंले तिलोत्तमा नगर क्षेत्रको वजार अनुगमन, ब्यवसायीको क्षमता अभिबृद्धि तथा ब्यवसाय प्रवद्र्धनका हरेक कार्यक्रम तिलोत्तमा उद्योग वाणिज्य संघको नेतृत्वमा हुनुपर्ने र यसका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

संघका संस्थापक तथा निवर्तमान अध्यक्ष गुणनिधि भण्डारी(माधव)ले तिलोत्तमा उद्योग वाणिज्य संघ कुनै पार्टीगत संस्था नभएर विशुद्ध ब्यवसायीहरुको हकहित, क्षमता बृद्धि र उद्योग ब्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले खोलिएको संस्था भएकाले ढुक्क भएर संघको सदस्य बन्न ब्यवसायीहरुलाई आग्रह गरे ।

संघका नवनिर्वाचित अध्यक्ष ज्ञानेन्द्र कार्कीले संघलाई यहांसम्म ल्याउन अग्रजहरुले खेलेको भूमिकाको प्रशंसा गर्दै संघको भावी कार्यदिशा, लक्षप्राप्ती, संस्थागत विकास र ब्यवसायिक हकहितका क्षेत्रमा काम गर्न सबैको साथ सहयोगको अपेक्षा गरे । उद्योगी ब्यवसायीले राज्यलाई विभिन्न ३८ वटा शिर्षकमा कर तिरेपनि राज्यले जहिले पनि उद्योगी ब्यवसायीलाई उपेक्षा गरेर उद्योग ब्यवसाय नै वन्द गर्ने परिस्थिति निर्माण गरेको गुनासो गरे ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सूरज पंगेनीले राज्यका कुनै पनि नीति नियम र कानुन उद्योग ब्यवसाय मैत्री नभएर भएका उद्योग ब्यवसायलाई धरासायी बनाउने खालका भएकाले यसका विरुद्ध सबै उद्योगी ब्यवसायी एकजुट भएर लागनुपर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा संघको बिधान अनुसार कार्यसमितिले सदस्यमा मनोनित गरेका ७ जना कार्यसमिति सदस्य मानार्थ सदस्य हरिलाल पाण्डे, संवद्ध सदस्य गोविन्द भुसाल, एशोसिएट सदस्य चन्द्र कुमार दुवे, महिला सदस्य बसुन्धरा पंगेनी, खुल्ला सदस्य गंगाधर अधिकारी, गोपाल सुवेदी र ऋषि सुवेदी लगायतलाई संघका अध्यक्ष ज्ञानेन्द्र कार्कीले सपथ ग्रहण सहित पदस्थापन गराएका थिए ।

यस्तै कार्यसमितिले मनोनित गरेका प्रमुख सल्लाहकार रामकृष्ण खाँण, वरिष्ठ सल्लाहकार बालकृष्ण भुसाल सहित १७ सदस्यीय सल्लाहकारहरुलाई प्रमाण–पत्र प्रदान गरिएको थियो ।

सो अवसरका संघका संस्थापक सल्लाहकार कृष्णप्रसाद पौडेल, कृष्णबहादुर गौतम, प्रहरी निरीक्षक सुनिल थापा नेपाली, संघका वाणिज्य उपाध्यक्ष विष्नु भण्डारी, महासचिव राजकुमार पाण्डेलगायतले बोल्दै संस्थागत विकास र ब्यवसायिक हकहितका क्षेत्रमा संघले धेरै राम्रो काम गरेको भन्दै संघका रचनात्मक क्रियाकलाप र गतिविधिमा सबैको साथ सहयोग जरुरी रहेको धारणा राखे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?