© २०२३
लमही, १९ असार । करिब दुई महिनाअघि अजम्वरी सामुदायिक वन भित्र १ सय ३२ केभी प्रसारण लाइन भएको विद्युतको पोलमा आगो बल्यो । आगोले सामुदायिक वन क्षेत्रमा भिषण आगलागी भयो । यी घटनाले ठूलो आपत् त निम्ताएन । तर, समयमै लमही नगरपालिकाबाट दमकल आएर आगो ननिभाएको भए ठूलै संकट निम्त्याउन सक्थ्यो । आगोलागीका यी घटना भने पोलमा सम्राट सिमेन्ट प्रालिको लतरिएर तानिएका विद्युतको तारले भएको हो । जसले गर्दा बारम्बार पार्कभित्रका पोलमा आगो बलिरहने बताउँछन् अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजाल ।
जथाभाबी तार राख्दा समस्या भएको छ, अध्यक्ष शर्माले भने ‘साता–दस दिनमा कुनै न कुनै ठाउँमा आगो लागिरहन्छ ।’ उनका अनुसार आगो बलेको कारण अहिलेसम्म ठूलो दुघर्टना नभए पनि पार्कमा जुनसुकै बेला पनि आकस्मिक दुःखदायी स्थिति उत्पन्न हुन सक्छ । अव्यवस्थित तारले जोखिमसँगै पार्कलाई कुरूप समेत बनाएको छ । सम्राट सिमेन्ट प्रालिले मनपरी राखेको तारले समस्या भएको हुँदा यही तारका कारणले समस्या बारम्बार निम्तिने अध्यक्ष रिजालको भनाइ छ । उनले पार्कको सुन्दरता कायम राख्ने जिम्मेवार निकाय स्थानीय पालिका हो । यो निकायले पनि समन्वय नगर्दा गुजमुजाएर तार राख्ने कार्यलाई निरूत्साहित गर्न सकिएको छैन, उनले भने ।
लमहीको ग्रिनपार्कमा विद्युत् तार व्यवस्थित नहुँदा दुर्घटनाको जोखिम बढाएको छ । अजम्मरी सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित जैविक विविधता ग्रिनपार्कमा सम्राट सिमेन्ट प्रालिको चरम लापरबाहीका कारण विद्युत्को तार व्यवस्थित नहँुदा दुर्घटनाको जोखि बढ्दै जानुका साथै अव्यवस्थित विद्युती प्रसारणका कारण ग्रिनपार्क भित्र भौतिक र मानवीय जोखिम बढ्दै गएको छ । १ सय ३२ केभी प्रसारण लाइनबाट अजम्मरी सामुदायिक वन हुदैँ सम्राट सिमेन्ट प्रालि उद्योग संचालन गर्न विद्युत् विस्तारका लागि तानिएका अव्यवस्थित तथा अवैधानिक नाङ्गो तारका कारण भौतिक र मानवीय जोखिम बढ्दै गएको हो ।
गत शनिबार जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित कँडेलपाटामा मध्य रातमा अचानक घर माथिबाट गएको पहिरोले भेषबहादुर बिकको घर पहिरोले पुरिँदा उहाँकी श्रीमती सुन्तली बिक सहित बुहारी सीता बिक, नातिनीहरू बिपना बिक र सपना बिकको घटनास्थलमै ज्यान गएको थियो । पहिरोका कारण यतिबेला उक्त ठाउँका स्थानीयहहरू पनि थप त्रास रहेका छन भने अन्य घरहरू पनि जोखिममा परेका छन् ।