ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार

अपाङ्गता सम्बन्धी अभिमुखीकरण

१८ असार २०८१, मंगलवार
१८ असार २०८१, मंगलवार

बुटवल, १८ असार ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १५ को आयोजनामा अपाङ्गता भएका व्यक्ति र तिनका अभिभावकहरुलाई अपाङ्गता सम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिएको छ ।

मंगलबार बुटवल १५ सेमलारमा एक कार्यक्रमको आयोजना गरी वडाभित्र बसोबास गर्दै आएका अपाङ्गता भएका व्यक्तिहरुको लागि अपाङ्गता अधिकार, अन्तर्राष्ट्रिय अभ्यास, परिचय पत्र व्यवस्थापन सहित नेपाल सरकारले गरेको अपाङ्गता सम्बन्धी विविध विषयमा अभिमुखीकरण प्रदान गरिएको हो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिका वडा नम्बर १५ का अध्यक्ष तथा नगर प्रवक्ता शिव रानाले अपाङ्गता अधिकार स्थापित गर्नको लागि वडा, पालिका, प्रदेश र संघीय सरकार समक्ष समेत निरन्तर संमन्वय र सहकार्य गर्ने प्रतिवद्धता जनाएका थिए ।

अपाङ्गता भएका व्यक्तिहरुको सीप सहितको उद्यमशिलतामा जोड दिइएको जानकारी दिंदै उनले पालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्ति र अभिभावकहरुले उत्पादन गरेका विभिन्न वस्तुको कोशेलीघर स्थपना गरी बजारीकरण गर्ने सम्मका योजना नगरपालिकाले आगामी आर्थिक बर्षमा बनाएको बताएका थिए ।

मानिस जो कोही, जति बेलामा अपाङ्गता हुन सक्ने भन्दै उनले अपाङ्गता हुँदैमा कोही पनि व्यक्ति कजमोर र असक्षम हुने भन्ने धारणा सबैले चिर्नुपर्ने बताएका थिए । सिप सहितको उद्यमशिलता विकास गरी आगामी दिनमा जो सुकै व्यक्ति सक्षम हुने भन्दै उनले यसको लागि वडाले, पालिकाले के के काम गर्नुपर्ने आवश्यकता छ, सोही योजना अनुसार काम गर्ने प्रतिवद्धता समेत जनाएका थिए । अपांगता भएका व्यक्तिहरुले समस्या समाधानका लागि सबैजना मिलेर सहकार्य गर्नुपर्ने उनको भनाई रहेको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष रानाले भने–‘ राज्यले कुनकुन समस्या समाधान गर्न सक्छ, कुन निकायले के काम गर्ने हो, कहाँबाट लाभ लिन सकिन्छ भन्ने विषयमा यकिन भएर हामी काम गर्ने हो भने सफल हुन्छौं, यसमा सबैको साथ र सहयोग आवश्यक छ ।’

स्थानीय वडा तहमा अपाङ्गता समन्वय समिति समेत निर्माण गरेर जान सकिने यसको लागि वडा भेलामा छलफल गरिने उनले बताएका थिए ।

कार्यक्रममा अपाङ्गता राष्ट्रिय निर्देशक समितिका सदस्य तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका संघीय सदस्य सावित्रा घिमिरेले सहजीकरण गर्दै अपाङ्गताको प्रकृति, प्रकार, राज्यबाट प्रदान गर्दै आएको स्वास्थ्य, शिक्षा, रोजगार लगायतका विषयमा प्रकाश पारेकी थिईन् । उनले अपाङ्गता एउटा अवरोधजन्य परिस्थिति भएको भन्दै अवरोध हटाएर सबैले आआफ्नो स्थानबाट पहल गरेर अपाङ्गता समस्या समाधान हुने समेत तर्क राखिन् ।

कार्यक्रममा बुटवल उपमहानरपालिका वडा नम्बर १५ का वडा सदस्य रमा पराजुली पौडेलले वडामा स्थानीय तहले के के काम सकिन्छ भन्ने विषयमा वडा समितिमा व्यापक छलफल गरी आगामी बजेटमा अपाङ्गताको सवाललाई समेटेर लैजाने प्रतिवद्धता जानएकी थिईन् ।

अपाङ्गता सवाल सबैको साझा सवाल भएको भन्दै उनले सोही अनुसार योजनाबद्ध विकास गर्नेमा दुईमत नभएको बताएकी थिईन् । कार्यक्रममा वडा सदस्यहरु सुर्य प्रसाद काफ्ले, मञ्जु दर्जी, नवरन्त माविका प्रधानाध्यापक हेमराज आचार्य, वडा सचिव मेघराज काफ्ले, एकल महिला वडा समन्वय समितिका संयोजक सितासिंह ठकुरी लगायतको आतिथ्यता रहेको थियो । स्वतन्त्र विकास समाज नेपाल बुटवल– १० रुपन्देहीको सहकार्यमा कार्यक्रम गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?