© २०२३
बुटवल,१७ असार ।
सिटीजन्स बैंक इन्टरनेशनल लिमिटेड बुटवल शाखाद्धारा वित्तीय सक्षरता कार्यक्रम गरेको छ ।
सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा अध्ययनरत स्नातकका विधार्थीहरुलाई सोमबार एक दिन वित्तीय साझरता तथा डिजिटल बैंकिङ्गको प्रयोग र यसबाट हुन पर्ने सचेत सम्बन्धी कार्यक्रम गरिएको हो । उक्त कार्यक्रम को तालिम सिटीजन्स बैंक बुटवल शाखाका प्रमुख किरण कुमार के.सी. ले बताए । उक्त कार्यक्रम सिद्धार्थ गौतमबुद्ध क्याम्पसका प्रमुख कृष्ण प्रसाद शर्मा ,क्याम्पसका अध्यक्ष निर्मल प्रसाद लाकौलले पछिल्लो समयमा वित्तीय साक्षरता सबैको लागि अनिवार्य रहेको बताएका थिए ।
डिजिटल सुरक्षा सहितको वित्तीय साक्षरता आवश्यक रहेको भन्दै उनले यसको लागि सबै समयमा नै सचेत हुनुपर्ने धारणा राखेका थिए ।
बैंकका बुटवल शाखाका डिआरओ निलम श्रेष्ठले सबैलाई स्वागत गर्दै कार्यक्रको उदेश्य माथि प्रकाश पारेकी थिईन । यस्तै धन्यवाद मन्तब्य बैंकका प्रबन्धक किरण कुमार के.सी गरेका थिए ।
त्यसै गरि बैंक र क्याम्पस बिचको सुमुधुर सम्बन्धबारेको मन्त्वय क्याम्पसका अध्यक्ष निर्मल प्रसाद लाकौल र कार्यक्रमका धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन सिटीजन्स र्बैक लि, बुटवल शाखाका अप्रेसन विभागकी बिष्णु माया पाण्डेयले गरेकी थिइन ।