ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्न एअरपोर्टको मैदानमा वैठक गरौं : पौडेल

१७ असार २०८१, सोमबार
१७ असार २०८१, सोमबार

भैरहवा, १७ असार । पुर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको कमजोरीका कारण गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुचारु र पर्याप्त मात्रामा हुन नसकेको बताएका छन् । उनले ‘भैरहवा एअरपोर्ट ग्राउण्डमै सम्बन्धित मन्त्रालय र सरोकारवालाको मिटिङ राखेर व्यवस्थित कार्यपत्र पेश गराई छलफल गरी निचोड निकालेर अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने गरी मन्त्रिपरिषद बैठकबाट स्वीकृत गराउन दवाव दिनुपर्ने आवश्यकता पनि औंल्याए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएका समस्याबारे अध्ययन गर्न गठित उपसमितिले सरोकारवालासँग गरेको छलफलमा पौडेलले यस्तो बताएका हुन् ।
उनले प्राविधिक हिसाबले मात्र अन्तर्राष्ट्रिय उडान नभएको भन्ने भनाई सत्य नभएको भन्दै सरकारको प्राथमिकता नभएर नचलेको बताए ।
पौडेलले भारतबाट एअर रुट पाउनुपर्ने भन्दै यसमा भारतले सहयोग गर्नुपर्ने बताए । बौद्धमार्गीको तीर्थस्थल लुम्बिनीमा वर्षेनी लाखौं पर्यटक विदेशबाट भित्राउने उद्देश्यले बनाइएको विमानस्थलको अहिलेको टर्मिनल भवन अन्तर्राष्ट्रिय स्तरको नभएकाले अर्को बनाउनुपर्ने र हालकोलाई डोमेस्टिक बनाउनुपर्ने पौडेलले सुझाए ।
विमानस्थलभित्र र बाहिर सरकार र निजी क्षेत्रको एक खर्ब बढी लगानी भएकाले सरकारले विमानस्थल जसरी पनि चलाउने निर्णय गर्नुपर्ने बताए । विगतमा नागरिक उड्डयन मन्त्रालयले नै भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न नदिन प्रायोजित प्रतिवेदन समेत बनाएको र त्यसलाई तत्कालीन लुम्बिनी अञ्चलका २७ जना सांसदले प्रतिवाद गरेर गलत सावित गरेपछि सरकार बनाउने निर्णयमा पुगेको पनि पौडेलले स्मरण गरे । अब छिटो अन्तर्राष्ट्रिय उडान सुचारु गर्न समय सीमा तोकेर काम गर्नुपर्ने पौडेलले जोड दिए ।
उपसमिति संयोजक योगेश भट्टराईले सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको आयोजना उद्घाटन भएको दुई वर्ष पुगिसक्दासम्म अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा निजी क्षेत्रले गरेको अर्बौ लगानीको प्रतिफल पाउन नसकक्दा लगानीकर्तामा चिन्ता र निराशा बढेको पाइएको बताए । उनले यसलाई संसदमा छलफल र आवश्यक परे अन्तर्राष्ट्रिय विषय बनाएर भएपनि पूर्ण क्षमतामा चलाउनुको विकल्प नभएको बताए । उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माले विमानस्थललाई लक्षित गरेर निजी क्षेत्रले होटल र पर्यटन क्षेत्रमा करिब ८० अर्ब लगानी गरेपनि प्रतिफल पाउन नसकेको बताए । सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर श्रेष्ठ,सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल ज्ञवाली, चना पन्त लगायतले विमानस्थलमा वैदेशिक रोजगारीमा जाने नेपालीका लागि आवश्यक कागजपत्र बनाउन श्रम कार्यालय,स्वास्थ्य परीक्षण, भिसा सेन्टर लगायतका कार्यालयहरु स्थापना नहुंदा एअरलाइन्सहरु आकर्षित हुन नसकेको औंल्याउंदै ती कार्यालयहरु सञ्चालन गर्न माग गरे ।
पर्यटन व्यवसायी सागर अधिकारीले पर्यटक आगमन निराशाजनक हुदा विमानस्थल लक्षित गरेर खोलिएका भैरहवा क्षेत्रका एक दर्जन होटेल बन्द भइसकेका र एक दर्जन बढी होटेल निर्माणाधीन अवस्थामै रोकिएको बताए । छलफलमा सहभागी कतिपयले बनेका विमानस्थल पूर्ण क्षमतामा चलाउन नसक्ने तर अन्यत्र पुनः अर्बौ लगानीमा विमानस्थल बनाउंदै जाने परिपाटी रोक्नुपर्ने सुझाव दिए ।
छलफलमा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरी,संघीय सांसदहरु वासुदेव घिमिरे, विक्रम पाण्डे,मनिष झा, मन्जु खांण, अमरेशकुमार सिंह लगायतले जग्गाको मुआब्जामा २३ अर्ब र निर्माणमा ७ अर्ब गरी राज्यको ३० अर्ब बढी लगानी भएको विमानस्थल पूर्ण क्षमतामा सञ्चालनका लागि सरकार गम्भीर बन्नुपर्ने बताए । सरकारले ढिलासुस्ती गर्दा व्यवसायीहरु पलायन भइरहेका र सरकारमाथि अविश्वास बढ्दै गएको उनीहरुको भनाई थियो ।
उपसमितिले आइतबार विमानस्थल निर्माणमा रहेका त्रुटिहरु, उद्देश्यबमोजिमको प्रतिफलको सुनिश्चितता, भारतसँगको सीमानाका कारण विमानस्थल प्रयोगको चुनौती, अन्य समस्या तथा चुनौति, विमानस्थल निर्माणको उद्देश्यअनुरुपको उपयोगको सुनिश्चितता सहितको भावी कार्ययोजना लगायतका विषयमा जानकारी लिएको थियो ।
विमानस्थल सञ्चालनमा आएको दुई वर्ष पूरा भइसक्दा पनि उडान संख्या भने वृद्धि नहुँदा स्थानीय तथा व्यवसायी निराश छन् । ०७९ जेठ २ बाट विमानस्थल सञ्चालनमा आएको हो । सञ्चालनको पहिलो वर्ष जजिरा र हिमालयन एयर लायन्सले नियमित उडान भरेपनि केही महिनामै उडान रोकेपछि विमानस्थलमा आन्तरिक उडान मात्र भइरहेको छ । छ । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले पूर्व पर्यटन मन्त्री तथा सांसद योगेश भट्टराईको नेतृत्वमा गठन गरेको उपसमितिले विमानस्थलको स्थलगत निरीक्षण पछि रुपन्देहीका जनप्रतिनिधि, निजी क्षेत्र र होटेल तथा पर्यटन व्यवसायीसंग छलफल गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?