© २०२३
बुटवल ,१६ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण लाइभ गर्न प्रस्ताव गरेका छन् ।
असार १९ गते बुधबार बिहान बस्ने केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई प्रस्ताव गरेको जानकारी दिएका छन् ।
वैठक लाइभ गर्न सभापतिलाई आग्रह गरेको तर सभापतिले गर्ने वा नगर्ने केही केही नभनेको महामन्त्री ढकालले बताए ।
बुधवार बस्ने केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालको समीक्षा यात्राबाट तयार गरेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । महामन्त्री ढकालको प्रतिवेदनमा पार्टी प्रतिको आकर्षण निकै कमजोर भएको र विवेकशील साझा जस्तै हालतमा पुगेको भन्दै प्रचण्ड र केपी ओलीसंग मिल्नु भन्दा बालेन र गोपी हमालसंग मिल्नुपर्ने, प्रदेश संरचना खारेज गर्नुपर्ने लगायतका विषय समेटेर पार्टी सभापति लामिछानेलाई बुझाएका छन् । उनको प्रतिवेदनलाई लिएर पार्टी भित्र र बाहिर समेत राष्ट्रियय राजनीतिलाई नै असर पर्न सक्ने गरी तरंग उत्पन्न भएको छ ।