ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

पहिरोले एकाघरका पाँचको मृत्युले छिमेकी त्रसित

१६ असार २०८१, आइतबार
१६ असार २०८१, आइतबार

गुल्मी, १६ असार । बेलुकी राती अबेरसम्म सदरमुकाम तम्घासबाट गएको डबल क्याब जीपवाट स्थानीय ब्यापारीहरूको सामान अनलोड गर्ने काममा व्यस्त थिए भेष बहादुर विक । उमेरले ५५ वषन्त टेक्दै गर्दा पनि परिवारको लागि दैनिक मजदुरी गरि पालनपोषण गर्दै आएका थिए । बेलुकी अबेरसम्म काम गरेर घर फर्केपछि परिवारसँग सँगै खाना खाएर सुतेका विकको परिवार शुक्रवार राती कहिल्यै न ब्यूँझिनी गरि सदाको लागि अस्ताए ।

गुल्मीको मालिका गाउँपालिका ६ स्थीत कँडेलपाटामा शुक्रबार मध्ये रातमा ठूलो बर्षा भैरहेको थियो । वर्षा भएपनि सामान्य होला भनेर कसैले पनि त्यति ठूलो पानी पर्ला भन्ने कल्पना समेत गरेका पनि थिएनन् । सायद त्यही सोंचेर होला विकको परिवार पनि दिनभरको कामको थकानका कारण मस्त निद्रामा थिए । राती अचानक पहिरो आएर घरसहित सबै बढारेर लग्यो तर सायद तिनीहरू मस्त निद्रामा भएर होला ऐयाँसम्म भन्न पनि पायनन् ।

जोखिम ठाउँ नहुँदा नहुँदैपनि पहिरो जादा अचम्म लागेको वडा नं. ६ का वडाध्यक्ष दिपक भण्डारीले बताए । उक्त ठाउँमा मोटर बाटो पनि पुगेको छैन, हेर्दा त्यस्तो पहिरो जाने जस्तो पनि देखिँदैन उनले भने बरु एक पटक मोटर बाटो लैजाने योजना थियो । उनका अनुसार उक्त टोलको दलित बस्तीमा ४ घर थिए, ३ घर सुरक्षित छन् तर घटनाले त्रसित भएको उनले बताए ।

बिडम्बना बिहान छिमेकी सुर्य बहादुरले उठरे हेर्दा पहिरोले घर पुरेको देख्दा निकै अत्तालिए । राती पानी परिहरहेको कारण सबै सुतेको र त्यस्तो जोखिम ठाउँ नभएका कारण कसैले पनि त्यो कल्पना गरेनन् । ‘सामान्य पानी परेहोला भन्ने लागेको थियो, त्यस्तो होला भन्ने कसैकोे पनि कल्पना थिएन’ उनले भने । ‘शुरुमा हेर्दा त पत्याउन नै सकिन तर एकिन भएपछि हतार हतार गर्दै मोबाईल टिपेर वडा सदस्य घनश्याम पराजुलीलाई खबर गरेर जानकारी गराएको हुँ’ उनले भने ।

घर माथिबाट झरेको पहिरोका कारण एकै घरका पाँच जनाले सदाको लागि ज्यान गुमाउन पुगे । ज्यान गुमाउनेमा वर्ष ५५ का भेष वहादुर बिक, नीजकी श्रीमती बर्ष ४८ की सुन्तली बिक, बर्ष २६ की बुहारी सिता बिक, नातीनीहरू बर्ष ८ की सपना विक आठ महिनाकी विपना बिक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पहिरोमा पुरिएकाहरूको शव बिहान स्थानीय र प्रहरीको सहयोगमा खनेर निकालिएको थियो ।
मृतक पाँचै जनाको शव पोष्टमार्टमका लागि शनिबार गुल्मी अस्पताल तम्घास ल्याईएको छ । मृतक भेष बहादुरका तीन भाई छोराहरू रहेको र उनीहरू घटना घटेको जानकारी पाएलगत्तै भारतबाट हिडिसकेका कारण आईतबार उनीहरू आएर मात्र दाहसस्कार गरिने वडाध्यक्ष दिपक भण्डारीले बताए । मालिका गाउँपालिकाले घटना प्रति गरिहो दुख प्रकट गर्दै सोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ । पालिकाले किरिया खर्च लगायत पीडित परिवारलाई पालिकावाट थप आर्थिक सहयोग गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?