© २०२३
लमही, १६ असार ।
जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २१ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ मनाइएको छ ।
धानको उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले वि.सं. २०६१ सालदेखि असार १५ गते धान दिवस मनाउँदै आइएको छ ।
जलवायु परिवर्तनको कारण धान खेतीमा बढ्दो नकारात्मक असरलाई न्यूनीकरण गर्न तथा जलवायु अनुकूलित प्रविधिहरूको अनुसन्धान र विकास एवं उपलब्ध प्रविधिहरूको प्रचार–प्रसार गरी तिनको अवलम्बन गर्न कृषक र अन्य सम्बद्ध पक्षहरूलाई सचेत र जागरूक बनाई धान उत्पादन एवं उत्पादकत्व बढाउनुपर्ने सन्देश नाराले दिने विश्वास गरिएको छ ।
देशैभरी धान दिबस मनाएको छ । जस अन्तर्गत दाङका सबै पालिकाले धान दिबस मनाएका छन् । देउखुरीको लमही नगरपालिका, गढवा, राजपुर लगायत राप्ती गाउँपालिकामा २१ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव शनिबार सम्पन्न गरेका छन् ।
“जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि” भन्ने मूल नाराका साथ राप्ती गाउँपालिकाको आर्थिक सहयोग तथा बगर कृषि सहकारी संस्थाको आयोजना एवम् राप्ती प्रेस मञ्चको सह–आयोजनामा सो दिवस तथा महोत्सव सम्पन्न भएको हो ।
दिवसको अवसरमा राप्ती गाउँपालिका वडा नम्बर ७ अर्नाहनपुर स्थित करमकाशी चौधरी, देवीप्रसाद चौधरी र बसन्त चौधरीको करिब १५ कठ्ठा जग्गामा जनप्रतिनिधि, कर्मचारी र पत्रकारहरुद्वारा सामूहिक धान रोपाई गरिएको गाउँपालिकाका कृषि विकास शाखा प्रमुख वर्षाती गडरीयाले जानकारी दिए ।
सो अवसरमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कृषि उत्पादन वृद्धि गर्न चक्लाबन्दी खेतीलाई प्रोत्साहन गर्ने, गुणस्तरीय प्रविधिको प्रयोग गर्ने, रासायनिक तथा प्रांगारिक मलको सन्तुलित प्रयोग गर्ने तथा उन्नत जातको बालीनालीको प्रयोग गर्न आवश्यक रहेको बताए । लमही नगरपालिकाको सहयोग तथा कृषि सहकारी सस्थाको ब्यबस्थापनमा लमही–६ घुम्नामा एक कार्यक्रम बीच घान रोप्दै दिवस मनाइएको छ ।
कार्यक्रम बोल्दै लमही नगरपालिकाका उपमेयर लक्ष्मी योगीले देउखुरी कृषिमा अत्याधिक कृषि उर्भरा भूमी भएको बताइन् । उनले अब निर्भाहमुखि खेती प्रणाली अन्त्य गरी व्यावसायिक खेतीलाई यांन्त्रिकरण गर्न आबश्यक रहेको बताइन् । त्यसैगरी लुम्बिनी प्रदेश सरकारले विशेष कार्यक्रमको आयोजना गरी २१ औ धान दिबश मनाएको छ । भूमि तथा कृषि मन्त्रालयको आयोजना धान दिबस मनाएको हो ।
दाङमा सिचाइ सुबिधा भएका करिब ३५ प्रतिशत धान रोपाई सकिएको छ भने सिचाइ नभएका स्थानमा भने खडेरीका बिउ सुकेको बताउँदै बर्षा भए लगत्तै ब्याड राख्ने तयारमाी लागेको किसान बताउँछन् । लुम्बिनी प्रदेशमा १८ प्रतिशत रोपाइ सकिएको लुम्बिनी प्रदेश सरकार भूमी तथा कृषि मन्त्रालयले जनाएको छ ।