ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

रोटरी क्लव अफ बुटवल चौतारीको छैठौं पदस्थापन, अध्यक्षमा नुमलाल पौडेल

१५ असार २०८१, शनिबार
१५ असार २०८१, शनिबार

बुटवल, १५ असार ।

रोटरी क्लव अफ बुटवल चौतारीको छैठौं पदस्थापन कार्यक्रम बुटवलमा सम्पन्न भएको छ । पदस्थापन कार्यक्रममा वर्ष ०२३÷०२४ का अध्यक्ष दिनेशमणि सुवेदीले वर्ष २०२४÷२५ का अध्यक्ष नुमलाल पौडेल (नुमेन्द्र) लाई पद हस्तान्तरण गरे ।

पद हस्तान्तरण कार्यक्रमको उदघाटन गर्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का पुर्व डिष्ट्रिक गभर्नर राजीव पोखरेलले रोटरी क्लवहरु समाज परिवर्तनको संवाहक रहेको भन्दै स्वार्थरहितको सामाजिक सेवामा लाग्न सके मात्रै रोटरीको गरिमा र प्रतिष्ठा माथि उठ्ने बताए ।

उनले शिक्षा, स्वास्थ्य, सरसफाई तथा जनचेतनामुलक कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर काम गर्न नवनिर्वाचित अध्यक्ष पौडेललाई आग्रह गरे । आफ्नो व्यस्तताका बिच समाजसेवाका लागि समय निकालेर अघि बढ्नु नै रोटरीयनहरुको धर्म र कर्तव्य रहेको भन्दै उनले स्वार्थरहितको समजसेवाका लागि विश्वप्रसिद्ध समाजसेवी महिला मदर टेरेसेबाट सिक्न पनि आग्रह गरे ।

कार्यक्रममा बोल्दै शितगंगा नगरपालिका अर्घाखाँचीका नगरप्रमुख छविलाल पौडेलले रोटरी क्लव अफ बुटवलले बिगदेखि गर्दै आएको कामको प्रशंसा गर्दै अवको नेतृत्वले थप रचनात्मक र प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरे ।

नवनिर्वाचित अध्यक्ष नुमलाल पौडेलले अबको एक बर्षमा क्लवको आफ्नै भवन निर्माण सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्दै शितगंगा नगरपालिका वडा नम्बर ६ र ७ लाई समेटेर एम्बुलेन्स सहयोग गर्ने योजना बनाएको जानकारी दिंदै यसका लागि ६ नम्बर वडाका वडाअध्यक्ष क्रृषिबहादुर रेश्मीसँग सम्झौता भइसकेको बताए । यसका अलावा स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा थप रचनात्मक काम गरी क्लवलाई सक्रिय बनाइराख्ने उनले अठोट व्यक्त गरे ।

कार्यक्रममा निवर्तमान अध्यक्ष दिनेशमणि सुवेदीले एक वर्ष भित्र क्लवले गरेका सामाजिक एवं रचनात्मक कार्यको बारेमा जानकारी गराएका थिए । यसैगरी आफ्नो कार्यकालमा साथ सहयोग गरी सफल बनाउन लाग्ने रोटरीयनहरुलाई उनले धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा क्लवका एजी कृष्ण रावल, केडिया ग्रुप अर्गनाइजेशनका अध्यक्ष ताराचन्द्र केडीया, क्लवका सल्लाहकार राजेन्द्र ढकाल, चेम्बर अफ कमर्श लुम्बिनी प्रदेशका महासचिव जेपी कंडेल, क्लबका संस्थापक अध्यक्ष बिष्णु घिमिरे, प्रेसिडेन्ट इलेक्ट डोलराज अधिकारी (राजु), ज्वाइन्ट सर्जन एट आम्र्स श्रीकान्त सुवेदीलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए ।

क्लवको वर्ष २०२४÷२५ को सचिवमा खगेन्द्र बेलबासे, कोषाध्यक्षमा विष्णु कंडेल, निवर्तमान अध्यक्षमा दिनेशमणि सुवेदी, प्रेसिडेन्ट इलेक्टमा डोलराज अधिकारी (राजु), प्रेसिडेन्ट नोमिनीमा कपिल पोखरेल, क्लव एडमिन्स्ट्रेटिभ चेअरमा कृष्णप्रसाद पाण्डे, मेम्बरसिप चेअरमा युवराज न्यौपाने, पव्लिक इमेज चेअरमा माधव कंडेल, सर्भिस प्रोजेक्ट चेअरमा विष्णु भट्टराई, द रोटरी फाउन्डेशन चेअरमा विष्णु पौडेल, युथ सर्भिस चेअरमा केशव पौडेल रहेका छन् । त्यस्तै सम्पादकमा भिम पौडेल, ज्वाइन्ट सर्जन एट आम्र्समा श्रीकान्त सुवेदी, सहसचिवमा केशव भुसाल, सहकोषाध्यक्षमा ज्योती पौडेल, प्रेसिडेन्ट एडमाइजरमा विष्णु घिमिरे, सर्जन एट आम्र्समा अंकित क्षेत्री, क्लव एडभाइजरमा राजेन्द्र ढकाल र पाष्ट प्रेसिडेन्टमा सन्तोष केसी रहेका छन् ।

कार्यक्रमका अवसरमा क्लवका सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?