© २०२३
काठमाडौँ, १४ असार। द डार्क फाइल नाम दिएर सिधा कुरा डटकम अनलाइनमार्फत् समाचार तथा अडियो सम्प्रेषण गरेको आरोपमा ३ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । मुद्दामा उक्त अनलाइनका सञ्चालक, सम्पादक र अडियो उपलब्ध गराउनेसहित तीन जनालाई प्रतिवादी बनाइएको छ ।
सिधाकुरा नामक अनलाइन तथा युट्युब च्यानलका सञ्चालक तथा अध्यक्ष युवराज कँडेल, सम्पादक नवीन ढुंगाना र अडियो उपब्ध गराउने ललितपुरका ३६ वर्षीय राजकुमार तिम्सिनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो । युवराज कंडेल गृहमन्त्री रवि लामिछानेका पुर्व सहकर्मी हुन् ।
उक्त अनलाइन र युट्युब च्यानलमार्फत् सम्प्रेषण भएको अडियो फेक रहेको भन्दै अदालतमा मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । साइबरको कसुरमा दर्ता गरिएको मुद्दामा विद्युतीय कारोबार ऐन अन्तगर्तको कसुरमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको मागदाबी गरिएको छ ।
संवैधानिक इजलासमा रंगेहात घुससम्बन्धी मुद्दामा चलखेल गरेर फैसला भएको दाबी अडियोमा थियो । उक्त समाधारमा कान्तिपुर दैनिक र अन्नपुर्णपोष्ट दैनिकका सञ्चालकहरु कैलाश सिरोहियार क्याप्टेन रामेश्वर थापासहित न्यायाधीश समेतले ४ सय मुद्दा डिसमिस बनाउन करोडौंको चलखेल गरेको विषय देखाइएको थियो ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी