© २०२३
कपिलवस्तु, (बुटवल टुडे) १४ असार – कपिलवस्तुको महाराजगंज नगरपालिका वडा नं. १० का २५ बिपन्न महिलालाई तरकारी खेती व्यवसायीक तालिम दिई आय बृद्धि गर्न अनुदान दिईएको छ । प्रकृती चन्द्रमा प्रतिष्ठान कपिलवस्तुको आयोजनामा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको चालु आवको राष्ट्रपति महिला शसक्तिकरण जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत उनीहरूलाई सहयोग गरिएको हो ।
वडाका २५ जना बिपन्न महिलालाई जनही २६ हजार दरले ६ लाख ५० हजार खर्च अनुदान (टेवा पुजीँ) दिईएको हो । यस अघि महिलाका लागि आय आर्जनमा सहयोग पु¥याउन ५ दिने व्यवसायिक तरकारी खेती तालिम समेत दिईएको थियो । कार्यक्रममा तालिममा सहभागी महिला र अनुदान बापतको चेक रकम महाराजगंज नगरपालिकाका प्रमुख अब्दुल कलाम र वडा नम्बर १० का अध्यक्ष शैलेन्द्र कुमार चौधरीले हस्तान्तरण गरेका थिए । कार्यक्रम अन्तर्गत बिपन्न महिला, कोभिड प्रभावित महिला, एकल महिला, हिंसा प्रभावित, कृषी बाहेक नियमित रोजगारी नभएका परिवारका महिलालाई लक्षित गरि सिप बिकासको तालिम दिएर अनुदान रकम हस्तान्तरण गरिएको हो ।
तालिम र अनुदाने लक्षित बर्गको क्षमता अभिबृद्धि तथा स्वरोजगारमुलक पनि आयआर्जन गतिबिधिमा संलग्न हुने नगर प्रमुख अब्दुल कलामले बताए । वडाका बिपन्न र गरिब महिलाको उद्यमशिलता प्रबद्र्धन गर्न कार्यक्रम सहयोगी हुने वडा नम्बर १० का अध्यक्ष शैलेन्द्र कुमार चौधरीले बताए । तालिम र अनुदानले महिलाहरू जिविकोपार्जन गर्न सक्षम हुने तथा आर्थिक अवस्थामा सुधार आउने आयोजक संस्था प्रकृती चन्द्रमा प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष रोमलाल खनालले बताए ।
तालिम आफूहरूका लागि उपयोगी रहेको र अनुदान रकमले आजआर्जन बृद्धि हुने सहभागी गिता धोबीले बताईन । प्रतिष्ठानले तिनै तहका सरकारको समन्वयमा लक्ष्ति समुदायको सामाजिक परिचालन, क्षमता बिकास, आयआर्जन, जिविकोपार्जन भौतिक पुर्वाधार निर्माणको क्षेत्रमा काम गर्दै आएको प्रतिष्ठानकी कार्यकारी निर्देशक सरिता श्रीसले बताईन ।